कला

अभिनेता शशि कुपुरको निधन

मुम्बई- भारतका चर्चित चलचित्र अभिनेता, निर्माता तथा निर्देशक शशि कपुरको निधन भएको छ। मुम्बईको कोकिलावेन अस्पतालमा सोमबार साँझ पाँच बजेर २० मिनेटको समयमा उनको निधन भएको थियो। ७९ वर्षका कपुर केही समयदेखि विरामी थिए।  

उनले केही हिन्दी तथा अंग्रेजी चलचित्रमा काम गरेका थिए। उनका जब जब फूल खिले (1965), वक्त (1964), अभिनेत्री (1970), दीवार (1975), त्रिशूल (1978), हसीना मान जाएगी (1968) जस्ता चलचित्र चर्चित छन्।  

उनले बलिउनमा केही सम्झन लायक चलचित्रको निर्माण समेत गरेका छन्। जसमा जुनून (1978), कलियुग (1980), 36 चौरंगी लेन (1981), विजेता (1982), उत्सव (1984) रहेका छन्।

 

प्रकाशित: १८ मंसिर २०७४ १३:४० सोमबार

अभिनेता शशि कुपुरको निधन