कला

ओशोसँग बम्बईको भेट

सन् १९७२ मा हामी कलेजका अन्तिम वर्षका विद्यार्थी भारत भ्रमणमा निस्कियौँ । ओशो त्यतिबेला जवलपुरबाट मुम्बई आइसक्नुभएको थियो । उहाँ पेडर रोडमा अवस्थित उडल्यान्ड अपार्टमेन्टको पहिलो तलाको एक नम्बर फ्ल्याटमा बस्नुहुन्थ्यो । म उहाँलाई भेट्न सहपाठी मित्र नितीश कुमारलाई लिएर गएँ । नितीश कुमार अहिले बिहार राज्यका मुख्यमन्त्री छन्।
 
पटना विश्वविद्यालयमा नितीश कुमारले ओशोलाई पहिलोपटक सुनेका थिए । उनी ओशोको प्रवचनबाट प्रभावित भएका थिए । म उनलाई आचार्यश्रीका पुस्तक दिन्थेँ र हामी घन्टौँ उहाँको शिक्षणबारे कुरा गथ्र्यौं । तर उनको झुकाव त्यतिबेलाका भारतका प्रभावशाली समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहिया र जर्ज फर्नान्डिसतिर थियो । नितीश कुमार भन्ने गर्थे, ‘मुम्बईमा भेट्न लायकका दुई व्यक्ति मात्र छन्– ओशो र जर्ज फर्नान्डिस।’ 

फिल्म जगत्का हस्तीहरू ओशोलाई भेट्न आउँथे । भेट्न आउँदा उनीहरूको व्यवहार र उपस्थितिमा अस्मिता, गम्भीरता र अहंकारको एक मिश्रित भाव भरिएको हुन्थ्यो भने केही मिनेट ओशोलाई भेटेर फर्किएपछि त्यो सबै भाव कतै विलीन भई एक आद्र्रता र कोमलताले परिपूर्ण भई आँसुले भरिएका आँखाहरू पुस्दै उनीहरू बाहिर निस्कन्थे ।

हामी ओशोलाई भेट्न उडल्यान्ड अपार्टमेन्ट गयौँ । उडल्यान्डमा सरिसकेपछि ओशोलाई निजीसचिव माँ योगलक्ष्मीमार्फत भेट्नुपर्ने नयाँ व्यवस्था बनेको रहेछ । उडल्यान्डमा सर्नु अघिसम्म ओशोलाई भेट्न सजिलो थियो । ओशोले १९७०, सेप्टेम्बरदेखि नवसन्न्यासमा दीक्षा दिन सुरु गरिसक्नुभएको थियो । १९७१, मेबाट उहाँको नाम भगवान् श्री रजनीश भइसकेको थियो । त्यहाँ गैरिक वस्त्र लगाएका र मालामा सजिएका नवसन्न्यासमा दीक्षित सन्न्यासीहरू भेटिन्थे । मैले माँ योगलक्ष्मीलाई ओशोलाई भेट्ने समय मिलाइदिन आग्रह गरेँ । तर उनले ‘अब ओशोले निजी भेट कसैलाई दिनुहुन्न । केही दिनपछि क्रसमैदानमा भगवत् गीतामाथि उहा“को प्रवचन छ, त्यहीँ दर्शन गर्नू’ भनी जवाफ दिइन् । ओशोलाई जानासाथ सोझै भेट्न नसकेकामा म दुःखी र निराश भए“ । ओशोको उपस्थितिका कारण त्यो पूरै क्षेत्रमा ऊर्जा तरंगको अनुभूति भइरहेको थियो । त्यतिबेला म बुद्धफिल्ड शब्दस“ग परिचित थिइनँ, तर कुनै ऊर्जाले मलाई आह्लादित गरिरहेको थियो । मलाई र नितीश कुमारलाई एक अदृश्य ऊर्जाको अनुभव भइरहेको थियो । माँ लक्ष्मीले हामीलाई चिया दिइन् । त्यो लेमनग्रास मिसिएको मीठो चियाको स्वाद आजसम्म याद छ । मैले भनेँ, ‘हामी विद्यार्थी हौँ, धेरै लामो मुम्बई बस्ने खर्च हामीसँग छैन । मैले ओशोका कार्यक्रम पनि आयोजना गरिसकेको छु, त्यसैले मेरोबारे ओशोलाई बताइदिनुस्, उहाँले मलाई भेट्न बोलाउनुहुन्छ ।’
 
यो मेरो आग्रहबाट लक्ष्मी प्रभावित भइनन् । ‘यहाँ जो पनि आउँछ, त्यस्तै कुरा मलाई सुनाउँछन् । के ओशोले दिनभरि आउने सबैलाई भेट्न सक्नुहुन्छ ? उहा“लाई के एक्लै बस्ने वातावरण चाहिन्न । दिनरात नभनी मानिस नै भेटेर बसेको तिमी चाहन्छौँ ?’ भन्दै उनले मलाई नै प्रतिप्रश्न गरिन्। 

मैले भनेँ, ‘म ओशोसँग जोडिएको केही समय भयो, मेरा केही गम्भीर समस्या छन्, मैले उहा“लाई भेटेर केही सल्लाह लिनुछ ।’ यी कुरा सुनेर बदलामा उनले मलाई स्वामी योग चिन्मयलाई भेट्ने र प्रत्येक बिहान समुद्रको चौपाटी किनारामा हुने सक्रिय ध्यानमा भाग लिने सल्लाह दिइन्।’

मलाई यो दुवै कुरामा कुनै चाख थिएन । स्वामी चिन्मयलाई बोलाएर उनले मलाई भेटाइदिइन् । स्वामी चिन्मय आए र अगाडि गम्भीर अनुहार बनाएर बसे । उनी आफ्नो लामो दाह्री सलबलाउँदै गुरुजस्तै व्यवहार गर्दै नितीश र ममा प्रभाव छाड्न खोजिरहेका थिए । हामी त्यहा“ प्रवचन सुन्ने मनस्थितिमा थिएनौँ । म बारम्बार ओशोलाई भेटाइदिने आग्रह गरिरहेको थिए“ । मेरो प्रबल जोडपछि लक्ष्मीले मलाई एउटा कागज दिइन् र त्यसमा आफ्नो नाम लेख्न भनिन् । त्यो कागज लिएर उनी भगवान्को कोठामा पसिन् । केही क्षणपछि भित्रबाट फर्कंदा उनको अनुहार परिवर्तित भइसकेको थियो । र, हामीलाई नरम शब्दमा भनिन्, ‘ओशोले भन्नुभएको छ, ओशोलाई एक्लै भेट्ने हो भने भोलि बिहान आउनू र साथीस“ग भेट्ने हो भने बेलुका आउनू ।’ 

मलाई यसले ठूलो धक्का लाग्यो । विगतका दिनहरूमा मैले ओशोलाई कुनै समय नलिई सोझै बेडरुममा गएर भेट्थेँ । मलाई लागेको थियो कि मेरो नोट पाउनेबित्तिकै भगवान्ले मलाई तुरुन्त बोलाउनुहुनेछ । नितीश यो सबै झन्झट देखेर अर्कोचोटि आउन मानेनन् । उनी जर्ज फर्नान्डिसलाई भेट्न गए । म एक्लै जान नसकेर ओशोप्रति चाख नभएका एक मित्रलाई लिएर अर्को दिन बेलुका त्यहाँ पुगेँ । हामीलाई भित्र ओशोको शयन कक्षमा बोलाइयो । मैले ओशोलाई नभेटेको दुई वर्ष भइसकेको थियो । कोठामा किताबबाहेक एक कुर्सी थियो । कोठामा एक विशेष सुगन्ध महसुस हुन्थ्यो । पढिरहेको किताबलाई नजिकैको टेबलमा राखेर हामीस“ग प्रेम र मृदुभावले ओशोले कुरा गर्नुभयो । उहा“ आराम कुर्सीमा बसिरहनुभएको थियो । हामी भुइँमा बस्यौँ । वास्तवमा मेरो संगत ठीक थिएन । विगतमा सागसब्जी र फलफूल मात्र खाएर बसेको मैले विगत केही समयदेखि मदिरापान र मांसाहार गर्न थालेको थिएँ । मेरो मन एक अतिबाट अर्को अतिमा पुगेको थियो । मैले साधना छाडिसकेको थिए“ र त्यसको अपराधबोध मभित्र गहिरिएर बसेको थियो। 

म ओशोको पाउ समातेर रुँदै आफ्नो व्यथा पोख्न थालेँ, ‘भगवान्, म बिग्रिसकेको छु । मेरो जीवन बर्बाद भइरहेको छ । म अति कमजोर भइसकेको छु । म गिर्नुसम्म गिरेको छु।’

ओशोले मेरो शिरलाई थपथपाउँदै भन्नुभयो, ‘केही छैन । एउटा १० दिनको शिविर आऊ । त्यही शिविरको साधनाले तिमीमा रूपान्तरण हुन्छ । र, सबै कुरा आफैँ ठीक हँुदै जानेछ ।’

मेरो निराशा यति गहिरो थियो कि यसबाट मलाई सान्त्वना मिलेन । यसबाट पनि मलाई कुनै उत्साहको सञ्चार भएन । माउन्ट आबुमा भएको शिविरमा ओशोले बोलाउँदा पनि म पुग्न नसकेको ग्लानिले मलाई गहन रूपले सताएको थियो । त्यसमाथि पनि ओशोले काठमाडौं आउन दिएको तिथिमा उहाँलाई काठमाडौंसम्मको यात्राको व्यवस्थापन मिलाउन नसकेको अपराध बोधले खुबै सताएको थियो । जुन पश्चातापले आजसम्म मलाई पछ्याइरहेको छ । म आफूभित्रको नैराश्यताबाट मुक्त हुन चाहन्थेँ। 

ओशोले प्रेमले भन्नुभयो, ‘म तिमीलाई जति तल झर्नु छ झर्ने अनुमति दिन्छु । तिम्रो हात मैले थामेको छु । तिम्रा औँलाहरू पक्रेर म एकैचोटि तिमीलाई सबै सन्तापबाट बाहिर खिच्नेछु ।’

नेपालमा धेरै काम बा“की रहेको ओशोले याद दिलाउनुभयो । मैले रुँदै भनेँ, ‘मलाई पढ्न मन छैन, म तपाईंस“गै मुम्बईमै बस्न चाहन्छु । स्वामी चिन्मय र स्वामी मैत्रेयले झैँ म पनि हजुरका प्रवचन ट्रान्स्क्राइब गरेर प्रकाशनकै काम गरेर यहीँ बस्छु ।’ 

सन् १९६९ मा ओशोले ‘तिम्रो मन काव्यमय छ, गणितजस्तो शुष्क विषय पढेर इन्जिनियर बन्ने मन नभए छाडेर आउनू’ भनेर परोक्ष इसारा गर्नुभएको थियो । उहा“ले सोझै भनिदिएको भए म छाडेर उहा“को पछि लाग्थेँ । तर, त्यो परोक्ष इसारालाई बुझेर हामफाल्ने दुस्साहस मैले जुटाउन सकिनँ । धेरै दुःख भोगेर, धेरै समय बर्बाद भएपछि मैले पनि बुझेँ । ओशोले मलाई सम्झाउँदै भन्नुभयो, ‘हेर, इन्जिनियरिङको यो अन्तिम वर्ष हो । केही महिनाको कुरा हो, पहिले पढाइ सक्नू । भविष्यमा मेरा धेरै आश्रम बन्छन् । त्यो दिन मलाई तिम्रो इन्जिनियरिङ जरुरत हुनेछ।’

मसँगै गएका मेरा मित्रलाई यो कुरा सुनेर अनौठो लागिरहेको थियो । भित्र भय पालेरै भए पनि मेरो सन्न्यासको बारेमा मैले सोधेँ । त्यसबेला सन्न्यास लिइसकेपछि गेरुवा रंगको लुंगी र कुर्ता मात्रै लगाउनुपथ्र्यो । आफ्नो काममा होस् या विश्वविद्यालयमा, सबैतिर लुंगी र कुर्ता मात्रै लगाउनुपर्ने र माला बाहिर देखाएर हिँड्नुपर्ने सन्न्यासको कडा नियम थियो । वास्तवमा यो चुनौतीपूर्ण नियमको पालना गर्न सक्ने हिम्मत त्यो बेला ममा थिएन । गेरुवा रंगको लुंगी र कुर्ता लगाएर कसरी कलेज कक्षामा जाने ? तैपनि हृदयलाई कमाउँदै भए पनि मैले दीक्षाका लागि आग्रह गरेँ । ओशोले मलाई झाँकेर मभित्रको अन्तद्र्वन्दलाई राम्ररी देख्नसक्नुभएको थियो । उहा“ले भन्नुभयो, ‘सन्न्यास लिइसकेपछि तिमीलाई आफ्नो पढाइ सकाउन गाह्रो हुन्छ । त्यसैले पहिला पढाइ सिध्याऊ, काठमाडौंमा आफ्नो जग्गामा अभिभावक र ध्यान केन्द्रका लागि एउटा सानो भए पनि घर बनाऊ।’ 

त्यसबेला ओशोले मलाई घर बनाउने कुरामा त्यति जोड दिएको बुझेको थिइनँ । पछि त्यही घर नेपाल र विश्वमा ओशोको देशना फैलाउने केन्द्रको रूपमा परिणत होला भनेर कल्पना पनि गरेको थिइनँ । त्यसको दुई वर्षपछि जब मैले दीक्षा लिए“, ओशोले भनेको कुरा मैले बुझेँ– मैले दीक्षा लिएको भए, म आफ्नो पढाइ पनि सक्ने स्थितिमा नहुने रहेछु । दीक्षा लिएपछि कैयौँ महिनासम्म म यो बाहिरी जगत्स“ग टुटेको थिए“ । मेरो चेतना परम अन्तर्मुखी भएको थियो । आनन्द अतिरेकका कारण म केही गर्न नसक्ने अवस्था पुगेको थिएँ । 

ओशोसँग भएको भेटपछि उहाँको कोठाबाट हामी बाहिर आयौँ । म तुरुन्तै बाहिर निस्कने अवस्थामा थिइनँ । त्यसैले केही विश्रामका लागि म त्यहीँ बाहिरकोे स्वागत कक्षमा थुचुक्क बसेँ । ओशोको उपस्थितिमा रूपान्तरणको बीजले आफूभित्र कार्य गरिरहेको अनुभूति भइरहेको थियो । यहा“ मैले भारतका प्रसिद्ध कवि, कलाकार र बलिउडका धेरै प्रख्यात व्यक्तित्वहरूलाई ओशोलाई भेट्ने प्रतीक्षामा बसेको देखेँ । विजय आनन्द, हरिवंश राय बच्चन, महिपाल, हेमा मालिनी, मनोज कुमार, कल्याणजी, आनन्दजी, महेश भट्ट, प्रवीन बाबीजस्ता फिल्म जगत्का हस्तीहरू ओशोलाई भेट्न आउ“थे । भेट्न आउँदा उनीहरूको व्यवहार र उपस्थितिमा अस्मिता, गम्भीरता र अहंकारको एक मिश्रित भाव भरिएको हुन्थ्यो भने केही मिनेट ओशोलाई भेटेर फर्किएपछि त्यो सबै भाव कतै विलीन भई एक आद्र्रता र कोमलताले परिपूर्ण भई आ“सुले भरिएका आ“खाहरू पुस्दै उनीहरू बाहिर निस्कन्थे । बाहिर आएर एक गिलास पानी माग्थे अनि प्रेमपूर्ण अंकमाल गर्थे । ओशोको त्यो जादु नै थियो– सानो भेटमा पनि उनीहरूले ओढेको अहंकारलाई गलाउने । तर, त्यहा“ प्राप्त भएको त्यो रूपान्तरणकारी अनुभूति धेरै दिनसम्म टिक्दैनथ्यो । मानिसहरू दैनन्दिन जीवनमा फर्किपछि बिस्तारै पुरानै स्थितिमा फर्किन्थे। 

ओशोस“गको यो भेट मेरो जीवनलाई एक नया“ दिशा दिन रूपान्तरणकारी मोड साबित भयो । मभित्र स्वतः परिवर्तन घटित हुन थाले । खराब संगत र खानपानको तामसी आदत पनि बिस्तारै हटेर गयो । केही समयपछि मन हल्का भयो र शरीरमा नया“ ताजगीको अनुभव भयो । कलेजको मैदानमा मध्यरातमा सुरु गरेको सक्रिय ध्यानको अभ्यास जारी राखेँ । 

प्रकाशित: १६ मंसिर २०७४ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App