कला

पद्यामावती प्रसारणमा राजनीतिक हस्तक्षेप भएको ठहर

नयाँ दिल्ली – सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्यामावतीले पछिल्लो समयमा  भारतमा मात्रै नभई विश्व भर नै चर्चा पाएको छ। 

उक्त चलचित्र माथि राजपूत समुदायको इतिहासमाथि घोचपेच गरेको आरोप लागेको छ । चलचित्रमा १६औ शताब्दीकी राजपूत महारानी पद्यामावतीको विषयलाई काल्पनिक रुपमा चित्रण गरिएको छ। 

चलचित्रमा दिपिका पादुकोण, शाहिद कपुर तथा रणवीर सिंहको मुख्य भूमिका रहेको छ। 

भारतको सेन्सर बोर्डले चलचित्र प्रसारणमा बन्देज लगाएपनि बेलायतमा भने निर्धारित समयमा नै अर्थात् डिसेम्बर १ मा नै उक्त चलचित्र  मा प्रसारणका लागि बेलायती सेन्सर बोर्डले अनुमति दिएको छ। 

भारतीय सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपा समेत चलचित्र प्रसारणको विपक्षमा देखिएको छ भने बौद्धिक समुदाय सरकारको यो कदमले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताएको छ। 

चलचित्रमा काल्पनिक रुपमा देखाइएको विषयवस्तुलाई लिएर सरकारले गरेको यस्तो निर्णयप्रति विरोध जनाउँदै भारतभर महिलाहरूको स्थिति नाजुक रहेकोमा भने सरकारको ध्यानाकर्षण नभएको आरोप बौद्धिक वर्गको छ ।  राजपूत समुदाय तथा उत्तर प्रदेशका मन्त्री योगी आदित्यनाथले निर्देशक भन्सालीले चलचित्रको विषयवस्तुलाई लिएर चलचित्र निर्माता सञ्जय भन्सालीको ज्यान लिने सम्मका धम्की दिएका छन्। 

समाजमा दाइजो, भ्रुण हत्या, बलात्कार लगायतका अनेकाैँ समस्याहरू रहेको समयमा चलचित्रका विषयवस्तुलाई लिएर यति धेरै बितण्डा मच्याउनुले भारत सरकारको संकीर्ण मानसिकतालाई स्पष्ट रुपमा चित्रण गरेको बौद्धिक वर्गको दाबी छ । 
विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा राजनीतिक हस्तक्षेप भएको बौद्धिक वर्गको दाबी छ। 

प्रकाशित: ८ मंसिर २०७४ ११:१० शुक्रबार

पद्यामावती प्रसारणमा राजनीतिक हस्तक्षेप भएको ठहर