कला

वसन्तकाे आयाे ‘ड्रिमी आइज’

चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ। पराजुलीको यो तेस्रो पुस्तक हो। यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथासंग्रह प्रकाशित छन्।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले आफ्ना कथामा समाजका विद्यमान अवस्थालाई सुन्दर रुपमा प्रस्तुत गरेका छन्।

कुमाता र मोम्चो कथासंग्रहका केही कथाको अंग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले बताए। कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन्।

पराजुलीका उक्त तीनै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। यस संग्रहमा १७ कथा सङगृहीत छन्। कथाकार पराजुली लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन्।

प्रकाशित: ८ कार्तिक २०८० ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App