कला

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

चितवन- बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको  सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ। माओवादी निकटको सामना साँस्कृतिक परिवारका गायक कम्युनिष्ट माझ निकै प्रख्यात छन्। कार्यक्रम सुरु हुनु भन्दा पहिला गीत गाएका पाख्रिन बिरामी भएपछि तत्कालै अस्पताल लगिएको थियो। अस्पतालले हृदयघात भएका कारण उनलाई बचाउन नसकिएको जनाएको छ।

पाख्रिनको जन्म विस २००९ सालमा भएको माओवादी नेता सूर्य सुवेदी 'पथिक'ले जानकारी दिए । गीत गाउँदा उनी निकै जोशीला देखिएका थिए । तर गीत पाएर सकेको केही समयपछि नै असजिलो अनुभव गरेपछि नारायणी सामुदायिक अस्पताल लगिएको थियो।

प्रकाशित: ५ मंसिर २०७४ १४:३० मंगलबार

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन