कला

थोकरको ‘लाइफ इन पान्डेमिक’ सार्वजनिक

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित ‘लाइफ इन पान्डेमिक’ फोटो किताबको बुधबार राजधानीमा विमोचन गरिँदै। तस्बिर: विजय राई/नागरिक

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित ‘लाइफ इन पान्डेमिक’ नामक फोटो किताब बुधबार सार्वजनिक भएको छ। कोरोनाको समयमा नेपाली समाजले भोगेका दृश्य प्रतिबिम्बित फोटो पुस्तक प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विमोचन गरेका हुन्।

सभामुख घिमिरेले तस्बिरमार्फत समाजले भोगेका घटनालाई उतार्न सफल पुस्तक र यसका लेखकलाई शुभकामना दिए। पुस्तकमार्फत पछिल्लो पिँढीले घटनालाई चिन्ने र बुझ्ने मौका पाउने उनले सुनाए।

म्हेन्दो ट्रस्टद्वारा प्रकाशित उक्त पुस्तकका लेखक केशवराज थोकरले आफूले संसारले भोगेको कोरोना महामारीलाई तस्बिरमार्फत ‘डकुमेन्टेसन’ गर्ने प्रयास गरेको जानकारी दिए।

‘कोरोना फेरि नदोहोरियोस्,’ उनले भने, ‘त्यो घटना कति डरलाग्दो थियो भन्ने जानकारी दिन यो पुस्तक ल्याएको हुँ ।’ पुस्तकबाट आम्दानी गर्नेभन्दा पनि समाजप्रतिको दायित्व बोधले आफूलाई घचघच्याएको उनले बताए। ‘जीवन जोखिममा राखेर खिचेका यी तस्बिर हुन्,’ उनले भने, ‘यसले त्यति बेलाको कथालाई बोल्नेछ।’

प्रकाशित: २ कार्तिक २०८० ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App