कला

म्यूजिक खबरबाट स्रष्टाहरू सम्मानित

स्तरीय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एक मात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पूरा गरेको छ। वार्षिकोत्सवको अवसरमा म्यूजिक खबरले स्रष्टा सम्मान एवं बडा दशैंको शुभकामना पनि आदानप्रदान गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिपष्ठानका निवर्तमान  उपकुलपति संगीतरत्न शम्भूजीत बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका विशिष्ट अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली थिए।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरिएको थियो।

यसैगरी गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायक, गायिका शान्तिश्री परियारलाई उत्कृष्ट वर्ष गायिकाको सम्मान र लोकप्रिय सङ्गीतकार दिपक शर्मालाई वर्ष संगीतकारबाट’ बाट सम्मान गरिएको थियो।

यस्तै म्यूजिक खबर कला सम्मानबाट वरिष्ठ म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट, लोकप्रिय मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई सम्मान गरिएको थियो।

पत्रकारिताबाट अग्रज पत्रकार निराजन भण्डारी, व्यवसायी सम्मानबाट इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका संचालक शम्भू श्रेष्ठ, म्यूजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह, युवा पत्रकार रश्मी थापा र जीना कार्की, संगीतकार सुभाष प्रधान, म्यूजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार, मोडल अनिता गिरी, सीबी माउन्ट फ्रेमिङका संचालक च्याङ्बा लामा, कार्यक्रम प्रस्तोताको सम्मान सेसेमी लिम्बु सम्मानित भएका थिए।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष वरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा वरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सविता पोखरेल लगायतले सम्मानपत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै म्यूजिक खबरका अध्यक्ष सुमन वैरागीले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरूको माया र सदभावले म्यूजिक खबरले सात वर्ष लामो यात्रा तय गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए।

वैरागीले पछिल्लो समयमा छापा मिडियाको संख्या घटे पनि यसको विश्वसनीयता र महत्व झन् झन् बढ्दै गएको बताए।

फस्टाएको अनलाइन पोर्टलले बाइलाइन र दुई लाइनको पत्रकारिता गरे पनि छापा माध्यमको म्यूजिक खबरले नेपाली कलाकार र नेपाली कला संस्कृतिकै पक्षमा कलम चलाउँदै आएको बताए।

नेपाली गीतसंगीतको विकास, विस्तार, प्रवर्द्धन, सम्बर्द्धनका खातिर सदैव स्रष्टा र सिर्जनाबारे कलम चलाउँदै आएको र म्यूजिक खबर पाक्षिकले सम्पूर्ण संगीतकर्मीलाई एकै ठाउँमा समावेश गर्न सकेको बताएका थिए।

सम्मानित व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै विशिष्ट सङ्गीतकार शक्ति वल्लभले छापा मिडियामा म्यूजिक खबरले सातौं वर्ष निरन्तरता दिन सक्नु सिंगो कला क्षेत्रकै लागि खुशीको विषय भएको बताए। उनले म्यूजिक खबरको यो यात्रालाई बधाई दिंदै सबैको विश्वासिलो मिडियाबाट आफू सम्मानित हुन पाउँदा खुसी मिलेको बताए।

म्यूजिक खबर पत्रिकाकी सम्पादक तथा प्रकाशक सविता पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटाले म्यूजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरेका थिए।

बास्कोटाले म्यूजिक क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन भएको म्यूजिक खबर पाक्षिक चुनौतिभित्रको कार्य भएको बताए। म्यूजिक खबरले छापा माध्यममा आफ्नो यात्रालाई निरन्तर टिकाइराख्नु र स्रष्टा कलाकारहरूलाई सम्मान, प्रोत्साहन गर्दै समाचारको माध्यमले सबैसामु चिनाउने कार्य गरेकोमा सिङ्गो संगीत क्षेत्रकै लागि गर्वको विषय भएको बताएका थिए।

संगीत क्षेत्रका शिष्ट र विशिष्ट व्यक्तित्वहरूको माझमा आयोजना भएको भव्य र सभ्य कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी मिलेको र यो कार्यक्रम आफ्नो लागि पनि विशेष रहेको बास्कोटाले बताए।

कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ सङ्गीतकार राजु सिंह, सुमित खड्का उपस्थित रहको कार्यक्रममा वरिष्ठ सञ्चारकर्मीहरू शान्तिप्रिय, विदुर गिरी, भरत बमजन, तुलसी गिरी, सरोज कोइराला, नायक श्रीदेव भट्टराई, हरिराम पौडेल, डब्बु क्षत्री, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल, बबिता श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यस्तै गीतकार राजेन्द्र पुरी, गायिका प्राश्ना शाक्य, गीतकार पुरुषोत्तम सानु, गायक रोशन सिंह, गायिका सीता केसी, सरिता भारती, बबिना भट्टराई, गायक चिरन्जीवी भण्डारी, पत्रकार भोला अधिकारी, प्रकाश बराइली, गीतकार सामना शाह, मोडल रिना थापा मगर, कविता बानियाँ लगायत चर्चित कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। सेसेमी लिम्बुले कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८० ०५:२३ बुधबार

अक्षर