कला

फेसनका नयाँ अनुहार समृद्धि र आशिर्वाद

काठमाडौं- समृद्धि रावल र आशिर्वाद बराल हाउस अफ फेसनको नयाँ अनुहार घोषित भएका छन् । रिपब्लिक मिडियाको माइ सिटी प्रस्तुतकर्ता रहेको मोडलिङ प्रतियोगितामा पुरुषतर्फ बराल र महिलातर्फ रावलले सबै प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् । बुधबार साँझ होटल अन्नपूर्णमा भएको कार्यक्रममा पुरुषतर्फ अनिल गुरुङ र महिलातर्फ अस्मिता गुरुङ फस्ट रनर अप चुनिए । उपाधि विजेता रावल र बरालले ५० हजार नगदसँगै अन्य पुरस्कार हात पारे । दुवैले एक वर्ष आयोजक हाउस अफ फेसनको एम्बेस्डरका रूपमा काम गर्ने छन् ।
यसैगरी, प्रशान्तजंग शाह र भाग्य कक्षपति क्रमशः पुरुष र महिलातर्फ सेकेन्ड रनरअप घोषित भए । फेसन सोका साथ सम्पन्न कार्यक्रममा पेरुसा राउत र प्रतीक प्रधानलाई ‘कमर्सियल एम्बेस्डर’ घोषित गरिएको थियो ।
अजय गुरुङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सिक्वेन्समा मोडलहरू ¥याम्पमा देखिएका थिए । कार्यक्रममा सबैभन्दा पहिला मनिता थापाको डिजाइनमा ‘रेडी टु वेयर’ शीर्षकमा मोडलहरूले ¥याम्प नापेका थिए । रुबिना थापा सो सिक्वेन्सको शोस्टपरको रूपमा देखिएकी थिइन् । रूबिना अघिल्लो सालको हाउस अफ फेसनकी उपाधि विजेता हुन् ।
करिब तीन घन्टा चलेको कार्यक्रममा १० सिक्वेन्समा २७ जना पुरुष मोडल र ३८ जना महिला मोडल ¥याम्पमा देखिएका थिए । यसबाहेक हाउस अफ फेसनका सबै पूर्व विजेता मोडल विइङ ह्युमनको प्रायोजनामा ¥याम्पका देखिएका थिए ।
कार्यक्रममा अनुग्रह अधिकारीले ‘फ्रिडम इज अल यु निड’, कैलाश कुँवरले ‘बेले फेमे’ र ‘एब्स्ट्रेट इटी फोरल’, दीपा केसीले ‘राइज फर अल’, उत्कृष्ट वीरविक्रम शाहीले ‘रेड कार्पेट’ आदि सिक्वेन्समा मोडलहरूलाई मञ्चमा प्रस्तुत गरेका थिए । रुबिना थापा, प्रियंका रानी जोशी र दीपिका केसीले शो स्टपरको रूपमा सिक्वेन्सको नेतृत्व गरेका थिए ।
सबै सिक्वेन्सको कोरियोग्राफी पुरन जोशीले गरेका थिए । जोशीले मोडललाई ट्रेनिङ दिनुका अलावा निर्णायकको समेत जिम्मेवारी निर्वाह गरेका थिए । कार्यक्रमकै बीचमा फिल्म ‘रोमियो’ ट्रेलरसमेत देखाइएको थियो । शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्ममा मेलिना मानन्धर, निशा अधिकारी, हसन खान र ओसिमा बानूको अभिनय रहेको छ ।
गत अगस्टमा सुरु भएको अडिसनमा ६७ जना मोडलले सहभागिता जनाएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट छान्ने काम ६ सदस्यीय निर्णायक समितिले गरेको थियो । निर्णायक समूहमा लोमस धमला, मनिष राई, रुबिना थापा, प्रियंकारानी जोशी, पुरन जोशी र ओशिमा बानू सदस्य रहेका थिए । कार्यक्रममा पुरुषतर्फ आशिर्वाद बराल ट्यालेन्टेड, सुमित शर्मा कन्फिडेन्ट, रोजेश श्रेष्ठ फ्रेन्ड्ली, प्रशान्तजंग शाह, इन्टेलेक्चुअल, समिसन जिसी फोटोजेनिक, प्रशन्न राई वाक, ऋतिक बस्नेत स्टाइलिस, प्रभात पल इनर्जेटिक र लोकप्रिय, आयुष प्रधान हेयर एन्ड स्किन र प्रतीक प्रधान पब्लिक च्वाइस घोषित भएका थिए ।
त्यसैगरि, महिलातर्फ जस्मिन गोले गुरुङ ट्यालेन्टेड, अलिबिना क्षेत्री क्षेत्री कन्फिडेन्ट, रेश्मा थापा फ्रेन्ड्ली, एन्जेलिका सिन्हा इन्टेलेक्टुवल, रशु शाक्य फोटोजेनिक, सुस्मिता लामा वाक, शिवांगिनी मल्ल स्टाइलिस, ज्योत्स्ना महर्जन इनर्जेटिक, शिक्षा लामा तामाङ हेयर एन्ड स्किन, बिनिशा शाक्य पपुलर र अस्मिता गुरुङ पब्लिक च्वाइस विजेता बनेका थिए ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:४८ शुक्रबार

फेसनका अनुहार समृद्धि आशिर्वाद