कला

कथाकार कृष्ण कुसुमको ‘पार्श्वधुन’ प्रकाशित

लामो समयदेखि अमेरिकामा हरेक साहित्यिका गतिविधिमा सक्रिय कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ प्रकाशित भएको छ। शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको संग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथा समावेश गरिएको छ। कथाहरूबारे आफ्नो भनाइ लेख्ने क्रममा कथाकारले यस संग्रहमा समेटिएका कथाहरूलाई मूल प्रवाहभन्दा बाहिरका लय भनेका छन। साथै सोही लयको समग्र रूप नै ‘पार्श्वधुन’ बताएका छन्।

यस अघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता-२’ संयुक्त गजलसंग्रह लगायतका पुस्तक प्रकाशित छन्। उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँंगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादन समेत गरेका छन्।

प्रकाशित: २७ आश्विन २०८० ०७:३८ शनिबार

अक्षर