कला

मिस लिटिल नेवाको प्रतिभा

काठमाडौं – नेवार भाषा, संस्कृति तथा रहनसहनलाई सांस्कृतिक रूपले संरक्षण गर्ने उद्देश्यले राजधानीमा आयोजना हुन लागेको ‘मिस लिटिल नेवाः’का अन्तिम प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । एघारौं संस्करणको प्रतियोगिताका ३३ प्रतियोगीहरूले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत अाफूमा निहित प्रतिभा प्रस्तुत गरेका हुन् । नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा नेवार समुदायका ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिका तथा किशोरी सहभागी छन्। कार्यक्रममा अधिकांश प्रतिस्पर्धीले नेवारी गीतमा नेवारी पहिरनमै नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगितामा रिधाना श्रेष्ठ, श्रीजिका श्रेष्ठ, श्रीजला महर्जन, स्मृति खड्गी, सगुन श्रेष्ठ, शेयोन डंगोल, डेनिशा श्रेष्ठ, वर्षा श्रेष्ठ, एलिजा श्रेष्ठ, सिजल महर्जन, अनिशा श्रेष्ठ, शिल्पी वज्राचार्य, स्वान्ती श्रेष्ठ, सृष्टी सापाल, अल्फिना सुद्धकार, रासा प्रजापति, गरिमा श्रेष्ठ, तिमिला गोजा श्रेष्ठ, एन्जेला जोशी, निशा श्रेष्ठ, वृष्टि प्रजापति, ओसिन महर्जन, जेनिशा जोशी, सोभना श्रेष्ठ, रोशनी सुवाल र मुस्कान प्रजापतिले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

अधिकांश प्रतियोगीले नृत्यका लागि नेवारी गीत छनोट गरेका थिए भने केही प्रतिस्पपर्धीले धिमे नाच, काली नाच, वज्रयोगिनी नाच देखाएका थिए । प्रतिस्पर्धी रुनिषा पुजारीले हार्मोनियम वादन गरेकी थिइन् भने आन्या महर्जनले चित्रकला कोरिन्। जेनी मानन्धरले वक्तृत्व कलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् भने परिषा टोकाले गीत गाइन् । स्नेहा ताम्राकारले तेक्वान्दो कौशल प्रदर्शन गरिन् भने कुसुम श्रेष्ठले बा“सुरीको धुन सुनाइन्।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०६:५७ सोमबार

मिस लिटिल नेवाको प्रतिभा