कला

इण्डियन आइडलमा मेनुकाको प्रस्तुतिले भावुक बने जज, जितिन् ‘गोल्डेन माइक’

नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो 'इन्डियन आइडल सिजन १४' मा आफ्नो प्रस्तुति दिएकी छन्। 

उनले 'तुम्हारे बिना हमारे कोनो नहीँ' बोलको गीत गाएकी थिइन्। मेनुकाले जजबाट  ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन्  ‘गोल्डेन माइक’ समेत जितिन्।

उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए। उनीहरुले आफूलाई सम्हाल्न सकेनन्। जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु समेत बगाएका थिए।  

जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा समेत गरेका थिए।  उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ।  

मेनुकाले 'नेपाल आइडल' र भारतको रियालिटी शो 'सारेगमप' मा पनि भाग लिएकी थिइन्। उनी 'सारेगमप' को टप ११ बाट बाहिरिएकी थिइन्।  

प्रकाशित: २१ आश्विन २०८० ०७:१० आइतबार

मेनुका पौडेल 'इन्डियन आइडल सिजन १४'