कला

सिंह, श्रेष्ठ र नायकलाई ‘मानववादी सम्मान’

कुरीतिविरुद्ध मानववादी अभियान चलाइरहेको वंश-रत्न मेमोरियल ट्रष्टले तीन जनालाई मानववादी सम्मान प्रदान गरेको छ। ‘वंश-रत्न मानववादी सम्मानद्वारा सम्मानित हुने व्यक्तित्वहरूमा नेपालको कम्युनिस्ट आन्दोलनका नेता मोहनविक्रम सिंह, पत्रकार एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र मानववादी अभियन्ता भारतीय नागरिक प्राडा नरेन्द्र नायक छन्।

कोभिड १९, डेंगीलगायतका महामारी र विषम परिस्थितिका कारण वार्षिक रूपमा दिइने सो सम्मान २०७८ सालदेखि दिइएको थिएन। नेता सिंहलाई २०७८, श्रेष्ठलाई २०७९ र नायकलाई २०८० को लागि वंश-रत्न मानववादी सम्मान दिइएको ट्रष्टका संरक्षक ‘नेभा’ले बताए।

संरक्षक ‘नेभा’ ले प्रतिव्यक्ति एक लाख रूपैयाँ र कदरपत्रसहितको यो पुरस्कार मानवजातिको समतामूलक विकास, उत्थान र अभियानलाई प्रश्रय दिन स्थापना गरिएको बताए।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमका बीच ट्रष्टका संस्थापक एवं संरक्षक बालकृष्ण श्रेष्ठ, ‘नेभा’ र प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले सो सम्मान प्रदान गरेका थिए। ट्रष्टले यो पुरस्कार अबदेखि हरेक दुई वर्षमा मात्र प्रदान गरिने जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८० ०१:३१ आइतबार

अक्षर