कला

‘रावायण’ विवादबारे पूजा भन्छिन्: कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं

फिल्म ‘रावायण’ लाई लिएर उत्पन्न भएको विवादले चलचित्र क्षेत्रमा विभिन्न टिका टिप्पणी भइरहेको छ। चलचित्र क्षेत्रका व्यक्तिहरुले आ आफ्नो विचारहरु व्यक्त गरिरहेका छन्।

यसै क्रममा अभिनेत्री पूजा शर्माले कुराले मात्र नभएर व्यवहारले पनि प्रोड्युसर बचाउनु पर्ने बताएकी छिन्।

बुधबार सामाजिक सञ्जालमा राखेको एक स्टाटसमा निर्माता तथा निर्देशक सुदर्शन थापाको पक्षमा खुल्दै शर्माले निर्माता बचाउनुपर्ने पक्षमा अभिव्यक्ति दिएकी हुन्।

उनले लेखेकी छिन्,‘अर्कोतिर भीड छ भन्दैमा सत्य मर्दैन। अझै प्रमाणसहित निर्माण पक्ष ठगिएको, धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ। यो भोलि जसलाई पनि पर्न सक्छ। कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं। कोही पनि अन्यायमा नपरोस्। जय नेपाली सिनेमा । यो दिन म कहिल्यै बिर्सन्न पनि। जय पाथीभरा माता।’

फिल्म  ‘रावायण’को स्क्रिप्ट चित्त नबुझेको भन्दै अभिनेता अनमोल केसीले फिल्म खेल्न अस्वीकार गरेका थिए।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो।

प्रकाशित: १७ आश्विन २०८० ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App