कला

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी हाजिर जमानीमा आइतबार रिहा भए।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो।

केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।

उनले लेखेका छन्, 'बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु। र अन्त्यमा  मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफुलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।'

उनले चलचित्र  'रावायण' आफ्ना लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा लिएको बताएका छन्।  

‘कुनै पनि स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ र यसको भविष्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती मबाट अहिलेसम्म भएको छैन र हुने पनि छैन । तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनोटमा समेत विशेष ध्यान दिएको छु’ उनले लेखेका छन्।

प्रकाशित: १५ आश्विन २०८० ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App