कला

‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण

वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक शुक्रबार आयोजित कार्यक्रममा लोकार्पण गर्दै लेखकका आमा राजकुमारी देवी सिंह लगायत ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको लोकार्पण भएको छ।शुक्रवार आयोजित कार्यक्रममा लेखकका आमा राजकुमारी देवी सिंह लगायतले  पुस्तक लोकार्पण गरेका हुन। 

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुख दुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ।

पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयमाथि केन्द्रित हुँदै  मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकले लिएका छन।पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने उल्लेख गरिएको छ।

२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ।  पुस्तक प्रकाशनको मूल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्ध वृद्धाका निम्ति डा.ओम फाउन्डेसनमार्फत खर्च गरिने फाउन्डेसनले जनाएको छ।पुस्तकको अनलाइन बुकिङ पनि खुल्ला गरिएको छ।  

प्रकाशित: ५ आश्विन २०८० १४:१२ शुक्रबार

‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल