सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको हो।
चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरुको अभिनय छ। कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए। उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए।
उनले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको बताए। उनले आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस भन्ने कुरामा मात्रै लोभ रहेको बताए।
प्रकाशित: ५ आश्विन २०८० १४:०८ शुक्रबार