कला

१० लाख नाघे स्वस्तिमाका इन्स्टाग्राम फलोअर्स

अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ। इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने खड्का तेस्री नायिका हुन्।

नेपाली फिल्म अभिनेत्रीतर्फ इन्स्टाग्राममा धेरै पछ्याइने अभिनेत्रीतर्फ अदिती बुढाथोकी पहिलो छिन् भने दोस्रोमा प्रियंका कार्की रहेकी छिन्।

अदिती बुढाथोकीको हालसम्म इन्स्टाग्राममा २.३ मिलियन अर्थात २३ लाख फलोअर्स छन्। उनको नेपालमा मात्र नभएर भारतमा पनि फ्यान फलोअर्स छन्।

पछिल्लो समय स्वस्तिमा विज्ञापन र फिल्ममा व्यस्त छिन्। उनी अभिनित फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गते रिलिज हुँदैछ।

प्रकाशित: ५ आश्विन २०८० ०८:०१ शुक्रबार

अभिनेत्री स्वस्तिमा खड्का