कला

क्यानाडामा पहिलो पटक कन्सर्ट गर्दै नेपथ्य

फाइल तस्बिर

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। अक्टोबर- १ मा क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा नेपथ्यले कन्सर्ट गर्न लागेको हो।

त्यसपछि अक्टोबर-४ मा भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा नेपथ्य कन्सर्ट हुँदै छ। अक्टोबर-८ मा ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल 'म्यासी हल' मा कन्सर्ट हुँदै छ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ।

क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुनेछ। आनलाइनबाट टिकटको बिक्रि व्यवस्थापन भैरहेको यात्राका सबै कन्सर्टहरुमा विद्यार्थी समुहको निम्ति विशेष छुटको ब्यवस्था पनि गरिएको छ। टिकट तथा अन्य जानकारी नेपथ्यको अधिकारिक वेबसाइटबाट लिन सकिन्छ।    

प्रकाशित: ३ आश्विन २०८० ०९:५५ बुधबार

नेपथ्य ब्याण्ड