कला

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे। उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे। अहिले विकृति झनै मौलाइरहेकोप्रति उनकाे चिन्ता थियाे।

उनले भने, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ। तस्करको पराकाष्ठा भइरहेको छ। पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ। त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो। त्यति पनि अब हुँदैन भन्ने लाग्यो। तर अहिले झनै धेरै विकृति बढ्यो। पहिला अवार्ड पाउँदा एकदम अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो। अब चाहीँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ। २५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो। कागज लियो, दंग परेर गयो। अहिले पैसा देखिँदा मजा आयो। अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याब्बासी पाएको जस्तो लाग्यो।’

उनले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महशुस भएको बताए।

प्रकाशित: २ आश्विन २०८० १३:०४ मंगलबार

कलाकार मदनकृष्ण श्रेष्ठ