कला

दक्षिणकालीमा मनाइयो मोती जयन्ती

शिखरापुर क्याम्पस, फर्पिङले सुसेली साहित्यिक प्रतिष्ठानको सहकार्यमा युवाकवि मोतीराम भट्टको १५८ औं जन्मजयन्ती मनाएको छ।

दक्षिणकाली नगरपालिका युवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजालको प्रमुख आतिथ्यमा मोती जयन्ती मनाइएको हो।

कार्यक्रममा शिखरापुर क्याम्पस, त्रिभुवन आदर्श आवासीय विद्यालय, फर्पिङ मावि, अरुणोदय माविका विद्यार्थीहरूको उपस्थिति रहेकाे थियो।

वीरेन्द्र बलामी, चन्द्रलाल तामाङ, महेन्द्र बलामी, किरण नेपाली, सुशान्त केसी, आवेश मिश्र, रमेश अर्याल, रमेश बलामी, आनन्द पुरी, तुषार अधिकारी, गजेन्द्र केसी, प्रविना बलामी, उपमा तामाङ, रिकिशा राई, मनीषा तामाङ, लिजा तामाङ, डम्बर श्रेष्ठ, योमन राई, शङ्कर कुँवर, दीपक लामिछाने, शेखरकुमार श्रेष्ठले कविता वाचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिको स्वागत क्याम्पस प्रमुख निरोज श्रेष्ठले गरेका थिए भने शिक्षक सोमबहादुर बलामीले मोतीराम भट्टको जीवनी र योगदानको चर्चा गरेका थिए।

क्याम्पसको हलमा भएको उक्त कार्यव्रmममा शशि शर्मा अर्याल, श्यामबहादुर केसी, कृष्णकुमार श्रेष्ठ विनोद महत लगायतको उपस्थिति रहेको थियो।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष केदारनाथ आचार्यको सभाध्यक्षमा भएको कार्यक्रममको सञ्चालन सुसेली साहित्यिक प्रतिष्ठानका सदस्य अप्सरा भुर्तेलले गरेकी थिइन्।  

प्रकाशित: १ आश्विन २०८० ०५:०१ सोमबार

अक्षर