कला

फेशन शोमा सेलिब्रेटी

काठमाडौं –ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्युष थापाको सहयोगार्थ शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा भएको ‘रनवे परेड–२०७४’ नामक च्यारिटी फेसन शोमा सेलिब्रेटीहरुले र्‍याम्प नापेका छन् । 

अभिनेता यशराज गराचको कोरियोग्राफी रहेको शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कु“वर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, निराजन प्रधान, दिक्पाल कार्की, प्रदिप बाँस्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, ‘मिस्टर नेपाल–२०१७’ अक्षय रायमाझी, बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्ट शो टपर थिए । 

फेसन शोमा सेलिब्रेटी तथा मोडलहरुले राशी कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रस्तुत गरेका थिए । 
शोमा १६ महिला तथा ११ पुरुष मोडलले क्याटवक गरेका थिए । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको शोमा गायक कमल खत्रीले आफ्ना गीत प्रस्तुत गरेका थिए । 

 

प्रकाशित: २६ भाद्र २०७४ ०४:५९ सोमबार

फेशन शोमा सेलिब्रेटी