कला

शाहरूखको फिल्म 'जवान' ले तीन दिनमा ३५० करोड कमायो

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार  फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।

६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको छ।

योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। जवानले शाहरूख खानकै फिल्म पठान लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। पठानको हिन्दी संस्करणले तीन दिनमा १६१ करोड भारू कमाएको थियो

फिल्म जवान गत बिहीबारदेखि प्रदर्शनमा आएको थियो। एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

प्रकाशित: २४ भाद्र २०८० १३:०१ आइतबार

फिल्म 'जवान' बलिउड अभिनेता शाहरूख खान