कला

कवि मुरारि सिग्देलकाे ‘ज्ञानको भोक’ प्रथम

सताउन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालय र युनेस्कोले संयुक्त रूपमा आयोजना गरेको कविता प्रतियोगितामा कवि मुरारि सिग्देल प्रथम भएका छन्।

महिला साक्षरता समानता विषयमा खुला आह्वान गरिएको प्रतिस्पर्धात्मक प्रतियोगितामा कवि सिग्देलको ‘ज्ञानको भोक’ कविता प्रथम भएको थियो। यसैगरी प्रतियोगितामा श्रीषा पाण्डे द्वितीय र बिरात विजय ओझा तृतीय भएका छन्।

प्रमुख अतिथि शिक्षामन्त्री अशोक राईले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गरिएको थियो। सो अवसरमा मन्त्री राईबाट कार्यालय परिसरमा वृक्षारोपण गरिएको थियो।

निजामती दिवस र साक्षरता दिवसका अवसरमा साक्षरतासम्बन्धी लोक दोहरी गीत पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा चित्रकला र कविता प्रतियोगितामा उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको थियो।

शिक्षा मन्त्रालय र युनेस्कोको संयुक्त आयोजनामा सानोठिमी,भक्तपुरमा आयोजना भएको कार्यक्रममा माननीय शिक्षाराज्य मन्त्री प्रमिलाकुमारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा पवनकलि अर्थात् लूनिभा तुलाधरद्वारा  सचेततामूलक एकल नाटिका प्रस्तुत पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: २३ भाद्र २०८० ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App