कला

‘ह राम पण्डित’ मञ्चन हुँदै

स्वर्गीय भैरव अर्यालले लेखेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ। निर्देशक बारत लिम्बूले निर्देशन गर्नुहुने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा तयार गरिरहेको छ।

जीवनमा गरेका कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा जानुपर्ने हिन्दू धर्ममा आधारित लोक विश्वासमा रहेको नाटक यही भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ।‘‘‘पाप र धर्मको लेखाजोखा हुँदा यो प्रणालीमा मृतकले चित्रगुप्तको कार्यालयमा प्रशासनिक रूपमा सामना गर्ने झमेलालाई नाटकमा प्रस्तुत गरिएको छ’, निर्देशक लिम्बूले भने।

नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गर्नेछन।

प्रकाशित: २२ भाद्र २०८० १३:४२ शुक्रबार

‘ह राम पण्डित’ मञ्चन हुँदै स्वर्गीय भैरव अर्याल