कला

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

काठमाडौँ –  विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरे लगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा  राष्ट्रकवी घिमिरेदेखि ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ। वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा संगीत निपेश ढाकाको रहेको छ।  

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने संगीतकार निपेश ढाका बताउँछन्। 

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको भन्दै सफताको कामना गरेकी थिइन् । 

 

प्रकाशित: १७ भाद्र २०७४ १२:४५ शनिबार

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक