कला

फिल्म ‘जवान’ को दुई दिनमै ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ

बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को अग्रिम टिकट बुकिङ सुनामी जस्तै बढिरहेको छ।

बुकिङ खुलेको ४८ घण्टाभित्र धेरै स्थानमा चलचित्रको टिकट पाउनै मुस्किल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

धेरै थिएटर हाउसफुल भइसकेका छन् र धेरै सहरहरूमा बिहानी शोहरू पनि भरिएका छन्।  ‘जवान’ को क्रेज विदेशमा पनि धेरै नै छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुई दिनमा हालसम्म फिल्मका लागि ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ भइसकेको छ। सो टिकट बुकिङबाट फिल्मले १३ करोड कमाइसकेको छ।

एटली कुमारले निर्देशन गरेको फिल्म ुजवानु मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुँदै छ। 

प्रकाशित: १८ भाद्र २०८० ०७:२९ सोमबार

फिल्म ‘जवान’ अभिनेता शाहरूख खान