नेपालमा अत्याधुनिक ‘पप’ संगीतलाई ओमविक्रम विष्टले व्यापक बनाए। त्यसपछि जन्मिएका छिमलले इलेक्ट्रोनिक संगीतको खुब प्रयोग गर्यो। स्याम्पलिङ, रिमिक्सिङ, अटोट्युनजस्ता शब्दहरू संगीत उद्योगमा १९९० को दशकपछि तीव्रतम् हुँदै आए। जबकि पश्चिमा मुलुकहरूले त्यस्ता प्रयोग सन् ६० को दशकमै गरेर विश्व हल्लाइसकेका थिए।
हुन त सांस्कृतिक प्रभाव के हो भन्ने कुरा पश्चिमा मुलुकका साहित्य, संगीत र सिनेमाले धेरैअघिदेखि देखाइरहेकै छन्। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उपयोग संगीत सिर्जनामा पनि गर्न थालिएको छ। संगीतअघि गीत र उपन्यास जस्ता शाब्दिक सिर्जनाका क्षेत्रमा एआईको चरम ‘सदुपयोग’ भइरहेका बेला अब संगीत क्षेत्र पनि अछुतो नहुने भएको छ।
यतिबेला एप्पल कम्प्युटरले अडियोको बिक्री गर्ने प्लेटफर्म आइट्युन्समा एआईले सिर्जना गरेका धुनहरू नै बेस्टसेलर हुन थालेपछि नयाँ बहस शुरु भएको छ। यसले अब संगीत सिर्जनाको आधिकारिकताको अवशान गरेको भन्दै केही संगीतकर्मीहरूले यसमाथि चर्चा गर्न ढिला भएको बताइरहेका छन्।
हुन त सांस्कृतिक प्रभाव के हो भन्ने कुरा पश्चिमा मुलुकका साहित्य, संगीत र सिनेमाले धेरैअघिदेखि देखाइरहेकै छन्। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उपयोग संगीत सिर्जनामा पनि गर्न थालिएको छ।
आइट्य ‘इन्फ्लुएसियर’ बनेर उदाएकी छ। नूनउरीलाई भर्चुअल इन्फ्लुएन्सर मानिन्छ। उनको नाउँमा विभिन्न सामाजिक सञ्जालमा भेरिफाइड अकाउन्ट पनि छ। ती अकाउन्टअनुसार १९ वर्षीया नूनउरीलाई जोएर्ज जुबेरको दिमागले उब्जाएको थियो।
नूनउरीको लोकप्रियतालाई हेर्दै जर्मनीको म्युजिक कम्पनी वार्नर म्युजिकले आइट्युन्समा ‘डोमिनोज्’ शीर्षकको ट्रयाक बिक्रीमा राखेको छ। नूनउरीलाई वार्नरले दिएको यो महत्वलाई बधाई दिने कि संगीत उद्योगले चिन्ता व्यक्त गर्ने भन्ने दुविधा भने बढेर गएको छ।
एआईले बनाउने संगीतको सबैभन्दा सशक्त पक्ष भन्नु नै अरूको धुनसँग मिल्यो भनेर गनगन, मुद्दामामिला र अन्य कुराबाट बच्नु हो। उसको यो खुबीलाई मनन गर्दै यतिबेला संसारभर एआईले बनाउने म्युजिकका धेरै एप, वेबसाइटहरू बनाइएका छन्। म्यागेन्टा, ओआरबि प्लगिन्स, एम्पर, एइभा, म्युजिकनेट, जुकडेक, मेलोड्राइभ, ब्रेनडटएफएम, बुमी लगायतका वेबसाइटको चर्चा छ।
कुनै समय पपगीत जसले गाए पनि हुने दिन थियो। अहिले एआईको सहयोगले जो पनि संगीतकार हुने समय आइरहेको छ। त्यसो हो भने संगीत उद्योगमा काम गरिरहेका धेरैको रोजगारी खोसिने चासो र चिन्ता ह्वात्तै बढेको छ। संगीतको सामान्य जानकारी हुनेले पनि यस्ता वेबसाइटबाट आकर्षक तथा भाइरल संगीतहरू सिर्जना गर्न सक्छन्। एआईको यो धक्काको परकम्प कयौं वर्षसम्म संगीत उद्योग र अन्य क्षेत्रले महसुस गरिरहने देखिएको छ।
-द टाइम्स
प्रकाशित: १८ भाद्र २०८० ००:५९ सोमबार