कला

‘खुसी बालबालिका र अभिभावक’ बजारमा

डा. साम्दु क्षेत्रीद्वारा लिखित पुस्तक ‘खुसी: बालबालिका र अभिभावक’ प्रकाशित भएको छ।  

आफू, अरू, प्रकृति र यस अनन्त जगत्का बिच तादात्म्य सम्बन्ध राख्ने क्षमता र खुसी बढाउने विषय पुस्तकले समेटेको छ। हालका आमाबुबाका अनेक चुनौतीमध्ये समय व्यवस्थापन, आत्मीय नाता सम्बन्धको अभाव, अनिश्चित जीवनशैली, नैतिक मूल्य ग्रहण गर्ने क्षमताको कमी, चाहिने नचाहिने सूचनाको बोझ, संयुक्त परिवारको विखण्डन जस्ता मुख्य छन्।

यस्ता चुनौतीको कसरी सामना गर्ने र आफ्ना सन्तानलाई खुसी बनाइराख्ने भन्ने विषय यस पुस्तकले समेटेको छ। यस पुस्तकले भुटानी लोककथा, सामाजिक व्यवस्था, पूर्वीय र पश्चिमी धर्मदर्शन र संस्कृतिका विभिन्न उदाहरण, नैतिक कथा, चिनियाँ, एसियाली र अन्य लोकोक्ति, गीत, चलचित्र, विभिन्न अभिप्रेरक पुस्तक, पुराण, उपनिषद्, बौद्धग्रन्थका उदाहरणसमेत समेटेको छ। पुस्तक वी रिडले प्रकाशन गरेको हो।

प्रकाशित: १६ भाद्र २०८० ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App