‘आजभोलि फोनबाट सबै कुरा थाहा पाउन सकिँदो रहेछ नि !’ बुबाको जिज्ञासापूर्ण सोधाइमा प्रतिप्रश्न गरें-‘किन र बुबालाई पनि केही कुरा थाहा पाउनु थियो कि? भन्नुस् न, म हेरिदिइहाल्छु नि।’ बुबालाई प्रायः केही जिज्ञासा लागेमा या फोन गर्नुहुन्छ या मलाई खोज्नुहुन्छ।
यो प्रकृतिको देन नै होला, छोरीहरू बाबाका भावना र मनोस्थिति बढी बुझ्ने हुन्छन्। छोरीका लागि बाबा एउटा दरिलो आधार स्तम्भ हुन्छन्। ईश्वरसँगै हामी कसैलाई सम्झन्छौं भने पक्कै पनि ती बाबाआमा नै हुन्छन्। कसैले चित्त दुखाए हामी बिनाहिच्किचाहट बुबालाई भन्न सक्छौं- केही अपवाद होलान्, प्रायः सबैका लागि आफ्ना बाबा सबैभन्दा प्यारा हुन्छन्।
सानामा हामीलाई आफ्नो काँधमा बोक्दै सहरबजार डुलाउने पनि हाम्रा बाबा नै हुन्। मैले पनि सानोमा निकै पटक बाबाको काँध चढेर काठमाडौंका जात्रापर्व हेर्न भ्याएकी छु। आज पनि सम्झँदा रमाइलो लाग्छ।
इन्द्रजात्रामा बुबाले लाखे, आकाश भैरवको दर्शन गराउन लैजानुहुन्थ्यो। देख्दै डरलाग्दा स्वरूपका हुन्छन् लाखे भैरवका स्वरूप। विशेषगरी बालबच्चालाई यिनको दर्शन गरी आशीर्वाद लिएमा निरोगी भइन्छ भन्ने जनविश्वास छ।
काठमाडौंका रैथाने नेवार मेरो बाबालाई निसन्देहः यस तथ्यमा पूर्ण आस्था र श्रद्धा छ। त्यसैले त्यसबेला बाबा हामीलाई देवताका प्रतीक लाखे, आकाश भैरव, पुलुङकिसी (इन्द्रजात्राका दिन मात्र निकालिने सेतो ऐरावत हात्ती) ढोगाउने गर्नुहुन्थ्यो। आज पनि लाखे देख्दा दुई हात जोड्न पुग्छु। बुबा भन्नुहुन्छ-छोरीले खुसी बाँड्छन्, संसार सुन्दर बनाउँछन्।
छोरी बढेपछि कन्यादान गर्नुपर्छ भन्ने कुराप्रति बाबाले विमति राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ- आफ्ना सन्तानलाई पनि कहीं दान गरिन्छ र? विवाह गरी दिएका हौं, दान दिएको होइन। विवाह हुँदैमा छोरीहरू आमाबुबा-घरपरिवारबाट कहिल्यै टाढा हुँदैनन्। बुबाको यो सोचमा आमासँग बुबाको विवाद परिरहन्छ। कुनै उच्च शिक्षा हासिल नभए पनि बाबाको यो सोच मलाई भने औधी मन पर्छ।
‘मेरा धेरै साथीमध्ये एकजना मिल्ने साथी थिइन्। धेरै वर्ष भयो भेट नभएको। मसित उनको ठेगाना छ। अहिले कहाँ छिन्? थाहा पाउन सकिन्छ कि भन्ने लागेर सोध्न आँटेको। भैगो नानी, तिमी काम गर्दै रहिछौं,’ बुबाले एकै सासमा भन्नुभयो।
‘कसको कुरा गर्नुभएको तपाईंले?’ मैले प्रतिप्रश्न गरें।
केही समयदेखि बुबालाई दमले अलि बढी दुःख दिन थालेको छ। त्यस यतादेखि उहाँ मलाई आफ्ना केही न केही इच्छा भनिरहनुहुन्छ। एकोहोरो बोलिरहँदा गाह्रो पर्ने हुँदा उहाँ अलि रोक्दै बोल्नुहुन्छ। मेरो प्रश्नको प्रत्युत्तरमा भन्नुभयो-तिमीले चिन्दैनौ। तिम्री आमा बिहे गर्नुअघिको साथी!
‘भैगो, तिम्रो काम होला’ भनेर बुबाले फेरि बीचैमा कुरा टुङ्ग्याउन लागेपछि मैले कर गर्न थालें-बुबा भन्नुस् न।
सानामा हामीलाई आफ्नो काँधमा बोक्दै सहरबजार डुलाउने पनि हाम्रा बाबा नै हुन्। मैले पनि सानोमा निकै पटक बाबाको काँध चढेर काठमाडौंका जात्रापर्व हेर्न भ्याएकी छु। आज पनि सम्झँदा रमाइलो लाग्छ।
आफ्नो बाल्यकाल-किशोरकालका कुरा गर्न कहिल्यै नरुचाउने बुबाको कुरा सुन्न म लालायित थिएँ। जसका बारेमा सोध्न खोज्नुभएको हो, उहाँको विगतसँग जोडिएको कुरा बुबा सविस्तार भन्न थाल्नुभयो।
‘सानो छँदै आमा अर्थात् तिम्री हजुरआमा बित्नुभयो। परिवारका नाममा हामी बाबुछोरा मात्रै हुनपुग्यौं। तिम्रा हजुरबुबा मलाई बोक्दै खाना पकाउने र खुवाइदिने गर्नुहुन्थ्यो। बालकैमा आमाविहीन बन्न पुगेको छोरालाई आमाबुबा दुवैको माया दिने प्रयास गर्नुभयो।
म घरसँगैको दरबार हाइस्कुल पढ्न जान्थें तर मेरो मन पढाइमा पटक्कै जाँदैनथ्यो। अरू बेला बिर्सिए पनि चाडपर्वमा साथीहरूको घरमा परिवारका सबै सदस्यको चहलपहल, आफ्नो घर सुनसान देख्दा मन साहै्र खल्लो हुन्थ्यो।
बुबाको मायाले ती सबै कुरा बिर्सिन्थें तर दैवले त्यो बुबाको मायाबाट पनि छिट्टै वञ्चित गरायो। केही वर्षको अन्तरालमा बुबा पनि बित्नुभएपछि सुनसान घरमा म नितान्त एक्लो हुन पुगें। परिवारको नाममा न कोही आफन्त न कोही नातेदार, मेरो हालखबर सोध्नेसमेत कोही रहेनन्।’
बुबाले यसो भनिरहँदा मेरो मन खल्लो भयो। हुन पनि परिवारमा हामीले कहिल्यै फुपू, काकाकाकी, ठुलोबुबा भन्ने साइनोले कसैलाई बोलाउनै पाएनौं। बुबातिर कोही नातेदार नभएकाले हाम्रो पनि दशैंतिहार खल्लो हुने गथ्र्यो।
यति भन्दै गर्दा बुबा स्याँ स्याँ गर्न थाल्नुभयो। एकोहोरो बोल्दा दम बढिहाल्ने, बोल्न सकस पर्ने, त्यसैले बोल्दा रोकिँदै बोल्नुहुन्छ। एकछिन लामो सास तान्दै फेरि विगतमा फर्कनुभयो-अठ्ठार वर्ष थिएँ हुँला। एक्लो भएकाले घरमा खानेबस्ने, कोसँग हिँड्ने भन्ने नै टुङ्गो रहेन। त्यस समय काठमाडौंमा विभिन्न मुलुकका विदेशी पर्यटकहरू समूह समूहमा आउँथे। ती पर्यटक जहाँ मन लाग्यो, त्यहीं बस्नेखाने गर्थे।
हिप्पीमय काठमाडौं भएको समय थियो त्यो। साथीहरूका साथसाथमा म पनि उनीहरूको सम्र्पकमा पुगें। यसै क्रममा नै मेरो सुसन नामकी एक अस्टे«लियन केटीसँग परिचय भयो। म उनलाई विभिन्न ठाउँ घुम्न लैजान्थें। भर्खरकी युवती उनी मलाई अत्यन्त विश्वास गर्थिन्। घरमा ल्याएपछि उनी मसँगै बस्न थालिन्।
बुबाको मायाले ती सबै कुरा बिर्सिन्थें तर दैवले त्यो बुबाको मायाबाट पनि छिट्टै वञ्चित गरायो। केही वर्षको अन्तरालमा बुबा पनि बित्नुभएपछि सुनसान घरमा म नितान्त एक्लो हुन पुगें। परिवारको नाममा न कोही आफन्त न कोही नातेदार, मेरो हालखबर सोध्नेसमेत कोही रहेनन्।
विदेशी नागरिक भएकाले नेपालमा उनलाई तीन महिनाभन्दा बढी समय यहाँ बस्नुपरेको खण्डमा भिसा थप्नुपथ्र्यो। भिसाका लागि आवेदन दिल्ली दूतावासमा दिनु परे तापनि सो आवेदन काठमाडौंको लैनचौरस्थित सम्बन्धित दूतावासको सम्पर्क कार्यालयमा दिन मिल्ने भएकाले उनले त्यसै गर्थिन्। उनी नेपाल छाडेर फर्कन चाहन्थिन्। जसोतसो भिसा थप्दै उनी मसँग सत्ताइस महिनाभन्दा बढी समय बसिन्।
पछि उनको भिसा थप्न नमिल्ने भयो। उनलाई नेपाल छोड्नै पर्र्ने परिस्थिति आइलाग्यो। मलाई छोडेर जान मन नलागे पनि कानुनी रूपमा नेपाल छोडेर जानैपर्ने भयो। उनले मलाई सँगै अस्टे«लिया हिँड भनेर भन्न थालिन्। तर उनीसित जान मसँग पासपोर्ट थिएन।
पासपोर्ट बन्न समय लाग्ने भएकाले उनी मलाई कुर्न मिलेन अनि फर्किहाल्नुपर्ने भयो। जाने बेलामा उनले मलाई अँगाल्दै निकै रोइन् र भनिन्–‘म दिल्लीमा तिमीलाई कुरिरहन्छु। तिमी आफ्नो पासपोर्ट बनाइहाल। म तिमीलाई दिल्ली पुग्ने बित्तिकै चिठी पठाउँछु। त्यसमा मेरो सिड्नीकोे ठेगाना पठाउँछु। तिमी जसरी भए पनि आऊ।’
म बेचैन थिएँ किनकि फर्कने बेलामा उनी गर्भवती थिइन्। के गरूँ, कसो गरूँजस्तो भइरह्यो। दिल्ली पुगेलगत्तै उनले छिट्टै आइहाल भनी उनको घरको पूरा ठेगाना राखी चिठी पठाइन्। हुन त नेपालमा मेरो आफ्नो परिवारको नाममा म आफू मात्र भए पनि जन्मेको देशलाई सदाका लागि छोडेर जाने कुरामा म दोसाँधमा परें। लगत्तै उनले फेरि अर्को पत्र पठाइन्। यसपटक पत्रमा उनले आफू दिल्लीमा अब केही समयका लागि मात्र बस्न मिल्ने कुरा उल्लेख गरेकी थिइन्। यसपल्टको चिठी पाएलगत्तै साथीभाइसँग सल्लाह गरें र आखिर देश छाडेर जाने निष्र्कषमा पुगें।
परिवारबिनाको एक्लोपन साह्रै बिझाउँने। कसका लागि कमाऊँ भन्ने लाग्थ्यो। त्यसैले मेरो ध्यान कहिल्यै कमाउनेतिर गएन। बस्न बुबाको घर थियो। त्यसदिन लाग्यो-सायद अब यो घरमा कहिल्यै फर्किन्नँ होला। ताला लगाएर बाटो खर्चको बन्दोबस्त गरी दिल्ली गएँ।
जीवनमा पहिलोपटक दिल्ली पुगेको थिएँ। कहाँ बस्ने ठेगान थिएन। मसित उसको घर सिड्नीको मात्र ठेगाना थियो। दिल्लीमा उनी कहाँ बस्दै छिन् भन्ने ठ्याक्कै थाहा नभएपछि म दिल्लीस्थित नेपाली राजदूतावासको सम्र्पकमा पुगें। त्यस समयका तत्कालीन राजदूतसँग मेरो राम्रो परिचय थियो। उहाँलाई भेटी आफू आउनुको सम्पूर्ण वृत्तान्त सुनाएँ। उहाँले मेरो रहनेबस्ने व्यवस्था मिलाइदिनुभयो र सुसनलाई भेट्नमा ठुलो सहयोग गर्नुभयो।
आखिर उनीसँग भेट भयो। मलाई देखेर निकै खुसी भइन्। जति सक्दो चाँडै कागजपत्र मिलाई जाने व्यवस्था मिलाउन भनिन्। त्यतिन्जेलसम्म पनि मेरो पासपोर्ट बन्न बाँकी रहेकाले उनले मलाई कानुनी रूपमा जान नमिलेको खण्डमा आफ्ना समूहका साथीहरूको सहयोगमा भए पनि मिलाएर जान सकिने कुरा गरिन्। म दिल्ली राजदूतावासमा जो व्यक्तिसँग बस्थें, उनी नेपाली राजदूतावासमै कार्यरत कर्मचारी थिए।
परिपक्व उमेरका उनले मलाई केही नसोची बिनापासपोर्ट केही न केही सिप र दक्षताबेगर एकैपटक देशै छोडेर जानु ठिक नहुने, फेरि जोसँग साथ जान लागेका छौ, तिनी विदेशी पर्यटक भएकाले पछि लाग्नुअघि एकपटक राम्ररी सोच्नुपर्छ। अल्लारे उमेरको जोसमा निर्णय लिनु उचित नहुने भन्ने सल्लाह दिए। दोसाँधमा त पहिले पनि थिएँ, उनको कुरा ठिक लाग्न थाल्यो। कहिल्यै नदेखेको नसुनेको देश, फेरि म त्यति पढेलेखेको मान्छे पनि होइन, त्यहाँ पुगेर के गरी खाने जस्तो लाग्यो। आफ्नो ठाउँमा त जे पनि गरिखाने आँट थियो।
परिवारबिनाको एक्लोपन साह्रै बिझाउँने। कसका लागि कमाऊँ भन्ने लाग्थ्यो। त्यसैले मेरो ध्यान कहिल्यै कमाउनेतिर गएन। बस्न बुबाको घर थियो। त्यसदिन लाग्यो-सायद अब यो घरमा कहिल्यै फर्किन्नँ होला। ताला लगाएर बाटो खर्चको बन्दोबस्त गरी दिल्ली गएँ।
मैले उनलाई म तिमीलाई भेट्न आएको हुँ। गलत बाटो अपनाएर तिमीसँग जान सक्दिनँ भनें। माफ गर भनी सम्झाएँ। बरू तिमी नेपालमा आऊ, म छु, घर छँदै छ भन्दा उनले केही समयपछि नेपाल आउँछु भनिन्।
उनलाई भेटिसकेको थिएँ। अब नेपाल नै फर्कने निधो गरें। फर्कने बाटोखर्चसमेत मसित थिएन तर लाग्यो नेपाल फर्कने नेपालीहरू छन्, मिलाई हाल्छु। म फर्किने भएपछि उनी मलाई भेट्न एम्बेसी नै आइन् र त्यसदिन निकै बेर रोइरहिन्। उनलाई मेरो वास्तविकता सबै थाहा थियो। उनी चिन्तित हुँदै भनिन्–तिमी केही दिन पर्खन सक्छौ। म तिम्रा लागि केही गर्छु। मैले उसको कुरा बुझिहालें र भनें–होइन, मसित फर्कने अरू नेपालीहरू छन्।
उता पुगेपछि सुसन मलाई चिठी पठाउने गर्थी। जवाफसँगै म नेपालबाट उसलाई सामानहरू पठाइदिने गर्थें। उसले उता पुगेर एक साथीसित बस्न थालेको बेहोरा उल्लेख गर्दै केही समयपछि ती व्यक्तिको साथ नेपाल आउने कुरा बताइन्। बिस्तारै उनी काममा व्यस्त हुन थालिन्। यता म पनि काममा भुल्दै गएँ। पछि मैले म विवाह गर्दै छु भन्ने खबर पठाएँ। उनले नेपाल आउँदा भेट्छु भनिन्।
‘अनि अनि भेट् भयो त बुबा,’ म अलि अधैर्य साथ प्रश्न गर्न पुगें।
बुबा एकछिन रोक्किएपछि फेरि भन्न थाल्नुभयो-दिल्ली एम्बेसीको त्यो भेटदेखि भेट भएको छैन। त्यसयता उनी एकपटक नेपाल आएर मलाई निकै खोजिछिन् तर त्यतिन्जेल मेरो ठेगाना बदलिइसकेको थियो। मैले त्यसको खबर गरेको थिएँ। त्यो चिठी उनले पाइन् कि पाइनन्? त्यसको खबर आएन। उनी नेपाल आउँदा कसैले पनि मेरो नयाँ ठेगाना बताइदिएनछन्। उनको चिठी जुन साथीमार्फत पाउने गर्थें, ऊ पनि रहेन। त्यसयता उनी नेपाल आइन् वा आइनन् केही थाहा भएन।
त्यसैले त तिमीले उनको पहिलेको ठेगाना हेरेर अहिले कता छिन् थाहा पाउन सक्छ्यौजस्तो लागेर सोधेको हुँ। हुन त पचास वर्षअघिको कुरा, उनको ठेगाना पनि फेरिइसक्यो भन्नेसम्मको कुरा थाहा पाएको थिएँ।
उहाँले एकैपटकमा भनी सिध्याउनुभयो तर मेरो खुल्दुली कायमै थियो। ‘बुबा, ती चिठी के गर्नुभयो त?’ मैले जिज्ञासु भएर सोधें।
‘छन् मसित,’ बुबाले सहजै जवाफ दिनुभयो। उहाँले आफ्नो दराजबाट ती तमाम पत्र (जुन लगभग पचास वर्ष पुराना थिए। बुबाले जतनसाथ राख्नुभएको रहेछ) मेरो हातमा राखिदिनुभयो।
बडो गजब लाग्यो मलाई। पचास वर्षसम्म उनका सबै चिठी बुबाले बडो जतनका साथ साँचेर राख्नुभएको रहेछ। फोटो भने रहेनछ। चिठीको खाममा उनको पूरा नाम लेखिएको रहेछ- सुसन गार्डनर ब्राउन। सिड्नीको पूरा ठेगाना पनि लेखिएको रहेछ।
‘बुबा, पचास वर्ष पुगिसकेछ। तैपनि उनका बारेमा केही थाहा पाइन्छ कि कोसिस गर्छु है’ भन्दै मैले ती चिठीमा लेखिएको ठेगानाको फोटो खिचें। हामी बाबा र छोरीको यतिन्जेलको कुराकानीले दुई घण्टाभन्दा बढी समय बितेको पत्तो नै भएनछ। अचानक आमाले बोलाएपछि पो घडी हेर्न पुगें। बुबाले आमातिर हेर्दै भन्नुभयो-‘तिमीलाई याद छ? सुसनले पछिल्लोपटक चिठी पठाउँदा नानी अलि सानै थिइन् हगि।’
बुबाको कुरामा आमाले सहमति जनाउँदै ‘अँ’ भन्नुभयो। आमाको सहज प्रतिक्रियाबाट थाहा पाएँ–आमालाई बुबाकी ती साथीका बारेमा सबै जानकारी रहेछ। कति सहजसाथ बुबालाई साथ दिनुभएको रहेछ आमाले। म भने निःशब्द थिएँ।
बुबाले थप्नुभयो-‘सुसन शिक्षिका हुन है। अहिलेसम्म रिटायर्ड भइन् होला। भेट्यौ भने मेरी छोरी भएको कुरा भन्न नबिर्सनु है !’ जवाफमा हुन्छ भनी टाउको हल्लाएँ।
मुखसम्म आएर पनि बुबालाई सोध्ने आँट भएन-बुबा, तपाईंले यतिका वर्षसम्म पनि उनीसँग जोडिएका ती सबै चिठीपत्र जतनसाथ किन राख्नुभएको?
त्यसयता मैले उनका बारेमा जान्ने प्रयास गरें। सुसन गार्डनर ब्राउनको सिड्नीको त्यो ठेगाना परिर्वतन भइसकेको रहेछ। सम्भवतः उनी धेरै पहिले नै अन्त गइसकेकी रहिछिन्। केही वर्षदेखि उनी सामाजिक सञ्जालमा निष्क्रिय रहिछिन् भन्नेसम्म जानकारी पाएँ। ठोस तथ्यगत कुरा थाहा हुन सकेन।
बडो गजब लाग्यो मलाई। पचास वर्षसम्म उनका सबै चिठी बुबाले बडो जतनका साथ साँचेर राख्नुभएको रहेछ। फोटो भने रहेनछ। चिठीको खाममा उनको पूरा नाम लेखिएको रहेछ- सुसन गार्डनर ब्राउन। सिड्नीको पूरा ठेगाना पनि लेखिएको रहेछ।
समय र उमेरले बुबाका आँखा धुमलिँदै गए पनि पचास वर्षभन्दा बढी भइसकेको आफ्नो विगतको त्यो मित्रताको मिठो याद बुबाले सँगालेर राख्नुभयो। सुसनका बारेमा पत्ता नलागेको कुरा बुबालाई भनें। मेरो मनमा मायाका अगाडि समय फिका हुने रहेछ भन्ने लागिरह्यो। तब त माया कहिल्यै पुरानो हुँदैन। छोडेर गएकाहरूको सम्झना धुमलिन सक्छ तर मनमा बसेको माया अन्तरात्माभित्र मिठो याद बनी सदा साथमा रहँदो रहेछ।
प्रकाशित: १६ भाद्र २०८० ०२:४६ शनिबार