कला

आलिया र कृति वर्ष उत्कृष्ट अभिनेत्री बन्दा अल्लु अर्जुन बने वर्ष उत्कृष्ट अभिनेता

भारतमा राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को घोषणा भएको छ। हरेक वर्ष हुने यस अवार्ड समारोहमा देशका प्रतिभाशाली फिल्म निर्माता, अभिनेता, अभिनेत्री, निर्देशक, निर्माता र सहयोगी कलाकारहरुको कामको कदर गरिन्छ।

यस वर्ष  पहिलो पटक आलिया भट्ट, कृति सेनन, विक्की कौशल र पल्लवी जोशी पनि अवार्डमा परेका छन्।

उत्कृष्ट हिन्दी फिल्म  ‘सरदार उधम’ बनेको छ। योसँगै आलिया भट्ट र कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् भने अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।

आलिया भट्टले फिल्म ‘गंगुबाई काठियावाडी’ बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म अवार्ड पाएकी हुन्।

कृति सेननले फिल्म मिमीबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म अवार्ड पाएकी हुन्। सेननले आफूले उत्कृष्ट अभिनेत्रीको अवार्ड खुशी लागेको उनले बताएकी छिन्।

यता अल्लु अर्जुनले भने फिल्म  ‘पुष्पा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन्।  

प्रकाशित: ८ भाद्र २०८० ०८:०१ शुक्रबार

आलिया भट्ट कृति सेनन अल्लु अर्जुन