कला

मोहनीको माया

ओम बानियाँ

मानसिक शक्तिद्वारा दोस्रो व्यक्तिको मन प्रभावित गरेर त्यसलाई आफ्नो अनुकूल गर्ने विज्ञान ‘सम्मोहन’ हो । सम्मोहनलाई नेपाली जनजिब्रोमा ‘मोहनी’ भन्ने गरिन्छ । साधारण शब्दमा मीठा र आकर्षण कुरा गरेर, फकाएर, आत्मीय व्यवहार तथा आकषर्ण वस्तु देखाएर, कुनै मीठो कुरा खुवाएर व्यक्तिलाई मोहनिद्रा (कृत्रिम निद्रा)मा लठ्ठ पारेर आफ्नो अनुकूल पार्नु नै ‘मोहनी’ हो । 

जस्तो कि कुनै अल्लारे केटाले आकाशको तारा झारिदिने मीठामीठा कुरा गरेर केटी फकाउनु पनि मोहनी लगाउनु हो । कुनै नेताले आकर्षक नारा दिएर जनतास“ग भोट माग्नु पनि मोहनी नै हो । सेक्सी केटी देखाएर टिभीमा आफ्नो उत्पादनको विज्ञापन गर्नु पनि मोहनी नै हो । मानिसलाई मोहनिद्रामा पुर्‍याएर मनमा गढेर बसेका नकारात्मक भावनाहरु हटाइ सकारात्मक भावना स्थापित गर्नु पनि मोहनी नै हो । 

वास्तवमा सम्मोहन प्रकृतिको एक अंग हो । त्यसैले त पशुपक्षी तथा रूख–बिरुवाले पनि सम्मोहनको उपयोग गरिरहेका हुन्छन् । कुखुराको भाले क्वाँकक्वाँक गर्दै पोथीलाई चारा खुवाएर फकाउनु पनि सम्मोहन नै हो । मयूरले पखेटा फिँजाएर नाच्नु पनि सम्मोहन नै हो । फूल ढकमक्क फुल्नु पनि सम्मोहन नै हो । वास्तवमा यत्रतत्र, सर्वत्र सम्मोहन नै सम्मोहन छ।

मोहनीको आयाम विस्तृत र व्यापक छ । वास्तवमा सम्मोहन विज्ञानमा आधारित एक कला हो । तर, सम्मोहन अर्थात् मोहनीप्रति हाम्रो समाजको धारणा नकारात्मक छ । अहिले पनि नेपाली गाउ“घरतिर सम्मोहनलाई टुनामुना तथा तन्त्रमन्त्रस“ग जोडेर हेरिन्छ । त्यो किनभने हिजोसम्म सम्मोहन केवल तान्त्रिक, लुटेरा, जादूगर तथा भष्ट्र स्वामी–महाराजको हातमा थियो, जसलाई उनीहरूले मानिसलाई धोका दिन प्रयोग गर्थे । तर, आज सम्मोहन नया“ रूप–रंगमा प्रकट भएको छ। 

विदेशमा त मोहनीले सम्मोहन चिकित्सा(हिप्नोथेरापी) को मान्यता पाएको छ । अमेरिका युरोपतिर सम्मोहन चिकित्साको ठूलो महत्त्व छ । विदेशतिर डिप्रेसन, बैचनी, चिन्ता तथा तनाव, अनिद्रा, आघात, भय, हिस्टेरिया, मिर्गी, भुल्ने रोग, भकभकेपना, हीनता, नपुंसकता, सीघ्रपतन, सम्भोगप्रति उदासिनता, रोगको भ्रम, पक्षाघात, सायटिका तथा दुव्र्यसन आदिको उपचार गर्न तथा क्षमता र व्यक्तित्व विकास गर्न मात्र होइन कि अप्रेसन गर्न तथा सुत्केरी गराउन पनि सम्मोहनको व्यापक प्रयोग हुँदै आएको छ। 

मनको विज्ञान

सम्मोहन मनको विज्ञान हो । उपचारको क्षेत्रमा सम्मोहनद्वारा मनमा गुम्सेका नकारात्मक (नेगेटिभ) विचारलाई निकाल्ने तथा उत्तम सकारात्मक(पोजिटिभ) विचार स्थापित गर्ने कार्य गरेर उपचार गरिन्छ । यस उपचार पद्धतिमा हिप्नोथेरास्टी (सम्मोहनकर्ता) ले कुनै वस्तु देखाएर (जस्तै पेन्डुलम) वा कुरा गरेर व्यक्तिलाई सम्मोहित बनाइ उपचार गर्ने गर्छ । एनएलपी तथा हिप्नोसाइकिऐट्री मोहनी अर्थात् सम्मोहनकै विकसित रूप हुन्। 

अरुलाई मोहित पार्नु सम्मोहन हो भने सम्मोहनको प्रयोग स्वयं आफैले आफूलाई गर्नु आत्मसम्मोहन हो । आत्मसम्मोहनमा मानिसले आफूलाई आफै“ सम्मोहित गर्छ । सम्मोहनको तुलनामा आत्मसम्मोहन ज्यादै सरल छ । त्यो किनभने दोस्रो व्यक्तिले आफ्नो सुझाव माने वा नमाने पनि आफूले त आफ्नो सुझाव मान्न सकिन्छ, होइन र ? अर्थात्, दोस्रो व्यक्तिमाथि आफ्नो कमाण्ड चले वा नचले पनि आफै“माथि आफ्नो कमाण्ड चलिहाल्छ नि ?

सम्मोहनले कसरी काम गर्छ ?

मानिसको मनको तीन आयाम हुन्छन्ः चेतन, अवचेतन तथा अतिचेतन मन । मानिसको चेतन मनले दुःख–पीडा आदि शारीरिक संवेदना ग्रहण गर्छ । यो मन तार्किक हुन्छ र हरेक विषयमा तर्क गर्छ । चेतन मनले कुनै पनि विषयलाई सहजतापूर्वक ग्रहण गर्दैन । जस्तो कि गाईलाई देखाएर यो भैंसी हो भन्ने हो भने तपाईंले होइन यो भैंसी हो भन्नुहुन्छ । त्यो किनभने गाई र भैंसीको रूपरंग तपाईंको अवचेतन मनमा स्टोर भएको छ । गाई कस्तो हुन्छ, भैंसी कस्तो हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ । त्यस्तै तपाईं डरपोक हुनुहुन्छ, तर तपाईंले म निडर छु भन्नुहुन्छ भने तपाईको चेतन मनले त्यसलाई स्वीकार गर्दैन । होइन, त“ डरपोक छस् भन्छ।

चेतन मनले स्टोरको गेटपालेलेझैे काम गर्छ । त्यसैले डरपोक भावनाको ठाउ“मा निडरताको भावना स्थापित गर्न पहिला चेतन मनरूपी गेटपालेलाई लठ्याउनुपर्छ वा सुताउनुपर्छ । चेतन मन सुतेपछि अवचेतन मनलाई नियन्त्रण लिएर डरपोक भावना हटाइ निडर भावना त्यहा“ राखिदिनुपर्छ। 

अतः यसरी तार्किक मनलाई भुलाएर, फकाएर तथा लठ्ठाएर मानिसको अवचेतन मन वा अतिचेतन मनलाई नियन्त्रण गर्ने कार्य सम्मोहन अर्थात् मोहनीले गर्छ । जब कुनै व्यक्ति सम्मोहित हुन्छ, तब उसको शरीर संचालन, आत्म–निर्णय, आत्म–विश्लेषण तथा तर्कका सबै क्रियाहरू सम्मोहनकर्ताको निर्देशनमा संचालित हुन्छन् । अवचेतन मन सक्रिय भएपछि तर्क–विर्तकको प्रक्रिया पूर्णतया बन्द हुन्छ।

यस्तो अवस्थामा सम्मोहनकर्ताले जस्तो आज्ञा दिन्छ, अवचेतन मनले त्यो नै सत्य ठानी सहर्ष स्वीकार्छ। 

सम्मोहनको प्रयोग

मानिसको दैनिक जीवनमा व्यापकरूपमा सम्मोहनको प्रयोग हुने गर्छ । पारिवारिक तथा समाजिक जीवनयापनका लागि पनि मानिसले प्रत्यक्ष–परोक्षरूपमा सम्मोहनको उपयोग गरिरहेका हुन्छन् । जस्तो कि ठुस्सीएकी श्रीमतीलाई नया“ साडी ल्याएर मख्ख पार्नु पनि सम्मोहन नै हो । राराको सुन्दरतामा मन्त्रमुग्ध हुनु पनि सम्मोहन नै हो। 

वास्तवमा सम्मोहन प्रकृतिको एक अंग हो । त्यसैले त पशुपंक्षी तथा रुखविरुवाले पनि सम्मोहनको उपयोग गरिरहेका हुन्छन् । कुखुराको भाले कोककोक गर्दै पोथीलाई चारा खुवाएर फकाउनु पनि सम्मोहन नै हो । मयूरले पखेटा फिँजाएर नाच्नु पनि सम्मोहन नै हो । फूल ढकमक्क फुल्नु पनि सम्मोहन नै हो । वास्तवमा यत्रतत्र, सर्वत्र सम्मोहन नै सम्मोहन छ । त्यसैले सम्मोहनलाई शिक्षाले प्रयोग गरेको छ । स्वास्थ्यले प्रयोग गरेको छ । बजारले प्रयोग गरेको छ । विज्ञापनले प्रयोग गरेको छ। 

विज्ञापनले सम्मोहनको कसरी उपयोग गर्छ भन्ने जानकारीका लागि एउटा दृष्टान्त हेरौं । तपाईं–हामी टिभी हेरिरहेका हुन्छौं । एउटा छोटो ब्रेकस“गै टी सर्ट, छोटो जामा लगाएकी एउटी सुन्दरी हातमा रैकिट लिएर टिभीमा आउ“छे । यति चर्चित सुन्दरीलाई देखेपछि तपाईं–हामी लठ्ठ पर्छौ । आ“खा टिभीमा टकटकटी गढेको हुन्छ, तर मन भने सुन्दरतामा नै लठ्ठिरहेको हुन्छ । (मनोविद् तथा प्रमुख, मेमोरी ल्याब)

सुन्दरीले टाटा चिया पिउँछे । चिया पिउनेबित्तिकै उसमा ‘जोश र जा“गर’ बढ्छ, अनि उसले बेजोडको टेनिस सट हान्छे । टेनिसको बेजोड सटस“गै तपाईं–हाम्रो ‘झसङ्ग’ तान्द्रा टुट्छ । तर, टाटा चिया तपाईं–हाम्रो मनको गहिराइमा बस्छ । टाटा चिया नै सबैभन्दा उत्कृष्ट लाग्छ । अनि तपाईं–हामी पसलमा गएर टोकला चिया वा मुना चिया नमागेर टाटा चिया माग्छौं ।’ (मनोविद् तथा प्रमुख, मेमोरी ल्याब ।)

प्रकाशित: २८ श्रावण २०७४ ०७:२४ शनिबार

मोहनीको माया