कला

नेपाल बालसाहित्य समाजबाट तेजप्रकाश,आश्रिती र समर्पण सम्मानित

बालसाहित्य समाजका पूर्वअध्यक्ष एवं बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ। राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको एक सय ४७औं जन्मजयन्तीका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल बालसाहित्य समाज र ह्युमानिज्म एन्ड जयपृथ्वीबहादुर फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा चित्रकलातर्फको पुरस्कार आश्रिती श्रेष्ठ र साहित्यतर्फको पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राईले उनीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ७ भाद्र २०८० १२:५० बिहीबार

अक्षर