कला

अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षा भन्छिन्,'समाचारले आश्चर्य चकित बनायो'

गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाको भिसाबारे स्पष्टीकरण दिएकी छन्।

अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको समाचार सामाजिक सञ्जालसहित सञ्चार माध्यममा आएपछि अधिकारीले स्पष्टीकरण दिएकी हुन्।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्ना विषयमा आएको समाचारबाट आफै आश्चर्य चकित भएको समेत बताएकी छन्।

‘आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफै आश्चर्य चकित भएकी छु’, उनले लेखेकी छन् ‘हुन त मैले यो भन्दा ठुलो प्रहारहरु खपिसकेकी छु। तै पनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदी बहिनीहरूलाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ती के भयो।’

उनले आफ्नो भिसाको निवेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नुपर्ने भएको र त्यो आफूले पठाएको समेत खुलाएकी छन्।

प्रकाशित: ७ भाद्र २०८० ११:२८ बिहीबार

गायिका समीक्षा अधिकारी