कला

नविनको मोडलिङ मोह

काठमाडौं- गीतकार तथा मोडल नविन न्यौपाने क्रमशः मोडलिङले जम्न थालेका छन्। आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेका न्यौपानेले पछिल्लो समयमा भने नायिका नम्रता सापकोटा र रञ्जिता गुरुङसँग स्क्रिन सेयर गरेका थिए। प्रमोद खरेल र हिमाल सागरलगायतका गीतमा अभिनय देखाईसकेका छन्। पछिल्लो समयमा ‘किन किन...’ वोलको गीतमा अभिनय गरेका न्यौपानले नेपाली सेनाको जागिरे जीवनको दुःखकष्ट संवन्धी गीत ‘रोयो फौजी मन..’ र ‘पराईको वगैचा...’ लगायत आधा दर्जन गीतमा अभिनय कुशलता देखाई सकेका छन्।

‘अव फरक धारको अभिनय गर्न सोचाईका साथ लागेको छु, केही म्युजिक भिडियोका लागि हस्ताक्षर भइसकेको छ,’ मोडेल न्यौपानेले भने, ‘चाँडै नयाँ धारमा देखिने छु ।’ न्यौपाने ‘किन किन’ नामक एल्वम सार्वजनिक गर्ने तयारीमा छन्।   

 

प्रकाशित: १७ श्रावण २०७४ १३:२९ मंगलबार

नविनको मोडलिङ मोह