कला

‘पशुपति प्रसाद २ भष्मे डन’ को फस्ट लुक सार्वजनिक

चलचित्रमा ‘पशुपति प्रसाद २ भष्मे डन’ को फस्ट लुक सार्वजनिक भएको छ। 

दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘पशुपति प्रसाद २ भष्मे डन’ को शुक्रबार फस्ट लुक सार्वजनिक गरिएको हो।

सात वर्ष अगाडि पशुपति प्रसादको फस्ट लुक सार्वजनिक भएको दिन नै पशुपति प्रसाद २ भष्मे डनको फस्ट लुक सार्वजनिक गरिएको सिनेमाका लेखक खगेन्द्र लामिछानेले बताए।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर छन्। 

प्रकाशित: १ भाद्र २०८० ०८:२३ शुक्रबार

‘पशुपति प्रसाद २ भष्मे डन’ दीपेन्द्र के खनाल खगेन्द्र लामिछाने