कला

फिल्म ‘जुलेबी’ १६ वर्ष मुनिकाले हेर्न नपाउने

अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ। 

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सुरक्षाले यौनकर्मी पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको कथा रत्नपार्कसँग जोडिएको छ।

चलचित्र सेन्सर बोर्डले फिल्मलाई भने एडल्ट प्रमाण पत्र दिँएको छ।  यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ।

फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतको अभिनय छ।

प्रकाशित: ३२ श्रावण २०८० ०७:५७ बिहीबार

फिल्म ‘जुलेबी’