कला

ऐंचो पैँचोको ट्रेलर हेरेपछि पूर्वमन्त्री आलेले भने: म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ

नेपाली चलचित्र ऐंचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ। राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ। कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताए। उनले आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताए।

उनले भने, ‘यो फिल्म राजनीति सम्बन्धीका कुराहरु रहेछन्, खुशी लाग्यो। अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको छ। यो फिल्ममा सबैले धेरै मेहनत गर्नुभएको छ। यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरु बोल्थेँ।’

फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्। भदौको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ।  

प्रकाशित: २९ श्रावण २०८० १२:०६ सोमबार

चलचित्र ऐंचो पैँचो सांसद प्रेम आले