कला

मुस्ताङ मार्गमा बाघको पन्जा

घुमफिर

यात्रामा हुँदा धेरै कुरा देखिन्छ-भोगिन्छ, धेरै कुरा बिराइन्छ-जानिन्छ। मलाई घुम्न मन पर्ने अनि घुमाइकै सिलसिलामा अनेकौं पाठ सिक्ने हुटहुटी हुने। यसपालिको मनसुनअगावै यात्रा तय भयो। यात्राको गन्तव्य बन्यो मुस्ताङ।

यात्राका साथी हामी दुई थियौं- श्रीमान्-श्रीमती। साधन थियो-मोटरसाइकल। यात्राको साधनका रूपमा मोटरसाइकललाई छनोट गर्दा मेरो घरतिरका र उनका माइतीतिरका कोही पनि खुसी थिएनन्। तैपनि योजनाअनुरूप नै हामी यात्रामा निस्कियौं।

बन्दीपुर बजार

हामो यात्राको पहिलो दिन बन्दीपुरमा बित्यो। पृथ्वी लोकमार्गको डुम्रे बजारबाट ८ किलोमिटर दक्षिण पश्चिममा पर्ने बन्दीपुर बजार पर्यटकीय नगरीका रूपमा परिचित छ। बन्दीपुरलाई पहाडकी रानीको संज्ञा दिइएको छ।

पहिला यो बन्दीपुर नगर तनहुँ जिल्लाको सदरमुकामसमेत भइसकेको स्थान हो। सडक यातायातको विकास र बसाइँसराइले गर्दा यहाँको जनसंख्या कम भएर होला, हाल भने यो गाउँपालिकाअन्तर्गत रहेको छ।

यात्रामा हुँदा धेरै कुरा देखिन्छ-भोगिन्छ, धेरै कुरा बिराइन्छ-जानिन्छ। मलाई घुम्न मन पर्ने अनि घुमाइकै सिलसिलामा अनेकौं पाठ सिक्ने हुटहुटी हुने। यसपालिको मनसुनअगावै यात्रा तय भयो। यात्राको गन्तव्य बन्यो मुस्ताङ।

बन्दीपुरमा रहेका पुरानो शैलीका वास्तुकौशलसहितका घरहरू, टुँडीखेल र बन्दीपुर डाँडो पहिलेदेखि नै पर्यटकलाई लोभ्याउने कारण थिए भने हाल यहाँ केबलकार, ग्रेटवाल, स्काइवाकजस्ता कृत्रिम पर्यटकीय आकर्षणहरू थप्ने कार्य धमाधम भइरहेको देख्न पाइन्छ। जसले आगामी दिनमा बन्दीपुरको पर्यटन प्रवर्धनमा अवश्य पनि सहयोग पुर्‍याउने छ।

बेगनास ताल

तनहुँ र कास्कीको पनि केही भागमा निर्माणाधीन पृथ्वी लोकमार्गमा सडकको हालको अवस्था अत्यन्त दयनीय छ। धुलो, हिलो, चिप्लो, खाल्डाखुल्डीयुक्त बाटो पार गरेको केही क्षणपछि आउँछ लेखनाथ बजार। त्यहाँ तालचोकबाट उत्तरतर्फ करिब ४ किलोमिटर यात्रा गरेपछि पुगिने ठाउँ हो बेगनास ताल। जुन पर्यटकीय गन्तव्यका रूपमा परिचित रहको छ।

कास्की जिल्लाको पूर्वउत्तरीतर्फ सुन्दर पहाडको फेदीमा अवस्थित यो ताल व्यावसायिक माछा पालनको अवलोकन अनि डुङ्गा सयर गर्नका लागि पर्यटकहरूको रोजाइमा पर्ने गर्छ। तालैतालको जिल्ला भनेर चिनिने कास्कीको फेवापछिको धेरै संख्यामा आगन्तुकको आवागमन हुने ताल हो वेगनास ताल। दिउँसो करिब २ घण्टा समय हामीले पनि यसैको सेरोफेरोमा व्यतित गर्‍यौं।

अस्ट्रेलियन क्याम्प

कास्की जिल्लाकै अन्नपूर्ण गाउँपालिकाको काँडेदेखि उकालो चढ्ने यात्रुहरूले करिब १ घण्टाको पैदल यात्रा गरेपछि विश्राम लिने ठाउँको नाम रहेछ अस्ट्रेलियन क्याम्प। यसलाई स्थानीयहरू ठुला खर्कका नामले पनि चिन्दा रहेछन्।

बहुचर्चित मर्दी ट्रेकिङ रुटमा पर्ने सुन्दर ठाउँ समुन्द्री सतहदेखि २०७० मिटरको उचाइमा अवस्थित रहेको छ। यात्रामा पर्ने जंगलमा फुल्ने लालीगुराँसले पैदल यात्रालाई थप रोमाञ्चक बनाउँदो रहेछ।

कास्की जिल्लाकै अन्नपूर्ण गाउँपालिकाको काँडेदेखि उकालो चढ्ने यात्रुहरूले करिब १ घण्टाको पैदल यात्रा गरेपछि विश्राम लिने ठाउँको नाम रहेछ अस्ट्रेलियन क्याम्प।

पोखरा घुम्न आउने कतिपय आन्तरिक तथा बाह्य पर्यटकहरूले त्यहाँसम्मको छोटो पैदल यात्रालाई पनि आफ्नो यात्रा योजनामा समावेश गर्ने गर्दा रहेछन्। त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल तथा अन्य हिमालहरू आँखाकै अगाडि निकै नजिकबाट देख्न पाइने रहेछ। मर्दी ट्रेलको रुट पर्ने भएको हुँदा ठाउँ सानो भए पनि पर्यटकीय चहलपहल राम्रै हुने रहेछ। हाम्रो यात्राको दोस्रो दिनको बसाइ त्यहीं भयो।

मुस्ताङ प्रवेश

म्याग्दीको सदरमुकाम बेनीबजारबाट कालीगण्डकीको किनारैकिनार करिब २ घण्टा यात्रापछि मुस्ताङ जिल्लामा प्रवेश गरिन्छ। सो सडक खण्डको छेउछाउमा पर्ने प्रसिद्ध स्थानहरू म्याग्दीको गलेश्वर मन्दिर, तातोपानी कुण्ड, दाना भञ्ज्याङ, रुप्से झरनाआदि यात्राका क्रममा अवलोकन गर्दै जान पाइने रहेछ। उत्तरतर्फ जति हिँड्यो, त्यति हिमाल नजिक देखिनु र चिसो बढ्दै जानु सामान्य भए पनि मुस्ताङ पुग्दा असामान्य लाग्ने कुरा चाहिँ ती हिमाल क्रमशः दक्षिणतर्फ देखिन थाल्दा रहेछन्।

हिमालपारिको जिल्ला किन भनिँदो रहेछ भन्ने कुरा त्यहाँ पुग्दा सजिलै बुझ्न सकिन्छ तर हिमाल पारी पुग्न हिमाल भने चढ्न नपर्ने रहेछ। हिमाल र हिमाली क्षेत्र भन्नेबित्तिकै हाम्रो मानसपटलमा भिरालो, अप्ठ्यारो भूधरातलको दृश्य खेल्ने गर्छ तर मुस्ताङको परिदृश्य अलि फरक लाग्यो मलाई। त्यहाँ त सम्म परेका ठुला ठुला फाँटहरू रहेछन्। ठुलाठुला चट्टानभन्दा बलौटे चट्टानहरू पो बढी देख्न पाइने त्यहाँ त। काली नदीमा पनि जति माथि गयो, पानी घट्दो मात्रामा तर किनार फराकिलो बन्दै गरेको पो देखियो।

हिउँ पग्ली पानी बनेर धर्सा धर्सा आकारका साना खोल्सीहरू हुँदै ठाउँ ठाउँबाट बग्दै आएर काली खोलामा मिसिएपछि मात्र काली नदी बन्दासम्मका सम्पूर्ण प्राकृतिक क्रियाकलापहरू यात्रामा अवलोकन गर्न पाउँदा आनन्दानुभूति हुने रहेछ। जति माथि गयो, त्यति हावाको वेग बढ्ने तर अक्सिजन तथा तापक्रमको मात्रा घट्ने भएर यात्रुहरूलाई वातानुकुलित हुन मुस्किल पर्ने हुँदो रहेछ।

हिमालपारिको जिल्ला किन भनिँदो रहेछ भन्ने कुरा त्यहाँ पुग्दा सजिलै बुझ्न सकिन्छ तर हिमाल पारी पुग्न हिमाल भने चढ्न नपर्ने रहेछ।

म्याग्दीसम्म बिग्रिएको मुख्य सडक पनि मुस्ताङ लागेपछि भने धेरै ठाँउमा स्तरीय बनेको र कतिपय स्थानमा बन्ने क्रममा रहेछ। सडकको आसपासमा रहेका र सडकबाट देख्न सकिने गाउँहरूको प्रकृति हामीले तराई या पहाडमा देखेकाभन्दा फरक थिए। त्यहाँका गाउँहरू साना साना गुजुमुज्ज परेका एकैकिसिमका घरहरू मिलेर बनेका हुँदा रहेछन्।

जोमसोम लगायत बजारहरूमा केही संख्यामा कङ्क्रिटका आधुनिक घरहरू देख्न पाइए पनि गाउँहरूमा भने ढुङ्गा, माटो, काठबाट बनेकै घरहरूको बाहुल्य रहेको पाइयो। मुक्तिनाथसम्मको यात्रामा अवलोकन गर्न पाइने चर्चित ठाउँहरूमा लेते, मार्फा, जोमसोम, कागबेनी आदि पर्दा रहेछन्।

धुपी र सल्लाका पातला रुखहरू भएका जंगलहरू ठाउँठाउँमा देखिन्थे। गाउँको आसपासमा भने प्रशस्त मात्रामा स्याउका बगैंचाहरू देख्न पाइयो। पातहरू झरेर नयाँ पलाइ नसकेका तर फूलचाहिँ खेलिसकेका स्याउका रुखहरू साच्चै नै आकर्षक लाग्थे। त्यहाँका पहाडहरू अनौठा लाग्यो मलाई। ठाउँ ठाउँमा दरारहरू परेका बलौटे पत्थरले बनेका फ्याटफुट्ट सानातिना धुपीका रुखहरू मात्र रहेका नाङ्गा प्रायः सुख्खा पहाडहरू हेर्दा मरुभूमिको दृश्यजस्तो लाग्दो रहेछ।

मुक्तिनाथको दर्शन

जोमसोम सदरमुकामबाट उत्तर पूर्व करिब एक घण्टाको बस यात्रापछि कागबेनी तीर्थ आउँदो रहेछ। त्यस स्थानलाई पितृ तर्पण गर्नेहरूको पावन भूमिका रूपमा लिइँदो रहेछ। काली गण्डकीको किनारमा पितृलाई सम्झेर श्राद्ध गर्नेहरूको घुइँचो नै लाग्दो रहेछ।

उपल्लो मुस्ताङ जाने र मुक्तिनाथ जाने सडक कागबेनीबाट छुटिँदो रहेछ। कागबेनीबाट केही दक्षिण उकालो लागेपछि पूर्वतर्फ मोडिएको गाडीले दश किलोमिटरको यात्रा तय गरेपछि आउने चर्चित धामको नाम हो मुक्तिनाथ।

मुक्तिक्षेत्र मुक्षेत्र नामले पनि चिनिने नेपालका चार धाममध्येको एक मुक्तिनाथको महिमा हामी नेपाली अनि समग्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमा समेत रहको छ। त्यस्तो पावन भूमिमा पुग्दा श्रद्धाले जोकोही कृतकृत्य हुने रहेछन्।

जोमसोम सदरमुकामबाट उत्तर पूर्व करिब एक घण्टाको बस यात्रापछि कागबेनी तीर्थ आउँदो रहेछ। त्यस स्थानलाई पितृ तर्पण गर्नेहरूको पावन भूमिका रूपमा लिइँदो रहेछ।

धार्मिक सांस्कृतिक भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले समेत मुक्तिनाथको महŒव अति विशिष्ट प्रकृतिको लाग्यो मलाई। हिमालको काखमा रहेको पवित्र मन्दिरमा दर्शन गर्नु, सोही हिमालको हिउँ पग्लेर बगेको कञ्चन पानी खस्ने गरी बनाइएका १०८ वटा धाराहरू अनि दुईवटा कुण्डहरूमा नुहाएर जीवनकालमा जानेर वा अनजानमा गरेका पापहरू पखाल्नु हरेक तीर्थालुहरूको त्यहाँ पुग्नुको उद्देश्य हुने रहेछ।

बुद्धको ठुलो मूर्ति, नजिकै रहेको निरन्तर प्रज्ज्वलित भइरहने अखण्ड दीप रहेको ज्वालामाई मुक्तिक्षेत्रका अन्य आकर्षण रहेछन्। यसरी पवित्र जलाधारहरूमा स्नान, मुक्तिनाथ मन्दिरमा दर्शन र मनमोहक भौगोलिक दृश्यहरूको अवलोकन ग¥यौं।

पहिलो दिन झन्डै अन्तिम बनेन

अपर मुस्ताङ जाने समय नभएको हुँदा मुक्तिनाथको दर्शन गरी फर्किने हाम्रो योजना थियो। सोही मुताबिक साँझसम्म पर्वतको कुस्मा पुगेर बास बस्ने तालिकाअनुसार हाम्रो यात्रा बढ्दै थियो।

हिजो जाँदा छुटेका केही स्थानहरूको अवलोकन गर्दै र मोबाइलको ग्यालरीमा कैद गर्दै कुस्मा पुग्दा साँझको छ बजेको थियो। यात्राकै क्रममा दिनको अन्तिम गन्तव्यलाई कुस्माबाट तन्काएर पर्वतकै हुवाससम्म पु¥याउने संशोधित योजनाअनुसार फलेवास नगरपालिका हुँदै लुंकु देउरालीको बाटो हुवास जाने अनजान गाउँले सडकमा रातको पहिलो प्रहरमा यात्रा गर्ने जोखिम मोलियो हामीले। धेरै ठाउँमा बाटो बिराउँदै, सोध्दैखोज्दै धुलाम्य कच्ची सडकमा अनवरत कुदिरहँदा सुनसान जंगलमा देखिएको एउटा दृश्य नयाँ वर्षको पहिलो दिनमै हाम्रो जीवनकै अन्तिम दिन बनाउन सक्ने खालको बन्यो।

अपर मुस्ताङ जाने समय नभएको हुँदा मुक्तिनाथको दर्शन गरी फर्किने हाम्रो योजना थियो। सोही मुताबिक साँझसम्म पर्वतको कुस्मा पुगेर बास बस्ने तालिकाअनुसार हाम्रो यात्रा बढ्दै थियो।

बाइकको हेडलाइटले देखाएको उज्यालोमा टल्किएका दुई आँखा अरू कुनै जनावरका नभएर सिकार ताकेर झम्टिन तमतयार अवस्थामा रहेको हिंस्रक बाघका थिए। अक्सर पहाडी जंगलमा पाइने चितुवा वा चरी बाघ पनि भनिने उक्त जन्तुबाट बाँचिने आशा मारेर बाइकलाई बेजोडले कुदाउँदा बिहान मात्र दर्शन गरिएको मुक्तिनाथको कृपाले होला, बाघले पन्जा हामीतिर बढाएन। सो अवधिमा भोगेका धेरै राम्रा अनुभूतिहरूलाई बिर्साउने र आज पर्यन्त हामीलाई झस्काइरहने उक्त घटनापछि हाम्रो यात्रा चितवन आएर नटुङ्गिँदासम्म मन शान्त र सन्तुलित हुन सकेन।

मन बेचैन र भयभीत भएपछि गरिने यात्रा फगत एउटा हिँडाइ मात्र हुँदो रहेछ। आफन्तजन र साथीभाइ माझ उक्त यात्रालाई सविस्तार वर्णन गर्दा धेरैले जिब्रो टोक्दै पुनर्जीवन पाएकोमा बधाई दिँदै भने, ‘यस्तै यस्तै हुन्छ र त यात्रा केवल यात्रा मात्र नभएर एउटा कथा बन्छ।’ 

प्रकाशित: २७ श्रावण २०८० ०४:१० शनिबार

अक्षर