कला

सरोज खनालको ‘बगान’ चौथो सातामा

सरोज खनालले निर्देशन गरेको चलचित्र बगान चौथो सातामा प्रदर्शन भइरहेको छ।पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको छ।  अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेको सरोज  खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन।

एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने विषय चलचित्रमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ’, निर्देशक खनालले भने, ‘स–परिवारसँगै यो चलचित्र हेर्दा आफू वा आफ्नाको कथा महसुस गर्नुहुनेछ।

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन। यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन। स्वप्निल निरवको कथामा तयार भएको उक्त चलचित्र रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यकामा वितरण गरेको छ भने मोफसलमा एफडी कम्पनीले गरेको छ।

प्रकाशित: १९ श्रावण २०८० ०८:५० शुक्रबार

सरोज खनाल करिश्मा मानन्धर ‘बगान’ वसुन्धरा भुसाल मिथिला शर्मा नेपाली चलचित्र