कला

शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माइती’ सार्वजनिक

मञ्जु थापाको ‘यो तिजमा नजाने माइती’ बोलेको गीत सार्वजनिक भएको छ। आज काठमाडौंमा एक कार्यक्रमका बिच गीत सार्वजनिक भएको हो। गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन्। गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ। कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताइन। त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तिज भन्ने बित्तिकै आफू फुरुङ्ग हुने गरेको बताइन। 

उनले गीत र भिडियो उत्कृष्ट बनेको जानकारी दिइन। त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्ने बित्तिकै मन परेर अभिनय गरेको बताइन। उनले आफू घरमै तिज मनाउने भएकाले आफ्नो लागि तिज गीत बनेको जस्तो अनुभव भएको धारणा राखिन।

कार्यक्रममा बोल्दै संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तिज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको जानकारी दिए। 

प्रकाशित: १८ श्रावण २०८० १२:५७ बिहीबार

शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माइती’ सार्वजनिक