कला

तीज गीतमा महानायक राजेश हमालको ठुम्का

महानायक राजेश हमाललाई यसपटक तीज गीतको भिडियोमा देख्न पाइने भएको छ। फिल्मको पर्दाबाट टाढा देखिएका हमाललाई यसपटक तीज गीतको भिडियोमा देख्न पाइने भएको हो।

हमालले आफू तीज गीतमा जाच्दै गरेको तस्बिरहरु समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। डेभिड शंकर र भावना आचार्यको स्वर रहेको तीज गीतलाई शुभकामना दिंदै उनले आफू नाच्दै गरेको तस्बिरहरु सार्वजनिक गरेका हुन्। 

फिल्मको पर्दाबाट टाढा देखिएका अभिनेता राजेश हमाल बेलाबेलामा म्युजिक भिडियोमा देखिँदै आएका छन्। तर पछिल्लो समय म्युजिक भिडियोमा पनि उनी कमै मात्रामा देखिदै आएका छन्। 

प्रकाशित: १६ श्रावण २०८० ०७:४० मंगलबार

तीज महानायक राजेश हमाल