कला

दुई दिनमा फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले कमायो २७ करोड बढी

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म 'रकी और रानीकी प्रेम कहानी' गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले दुई दिनमा  २७ करोड १५ लाख भारू कमाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख भारू कमाएको हो।  

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ।

हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

यो फिल्मलाई भारतीय समीक्षकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्।  

प्रकाशित: १४ श्रावण २०८० ०७:१७ आइतबार

रकी और रानीकी प्रेम कहानी