कला

भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न

डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न भएको छ।बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरूले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए।साथै भारतीय चर्चित कलाकार द्वय साँैन्दर्या पानापिल र सशी रमेशले बेजोड प्रस्तुति दिएका थिए।

डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरूले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यमिक तहका विद्यार्थीहरूले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे। भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरूसँगै प्रस्तुत भएका थिए। 

कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए।उक्त साँस्कृतिक साँझ सुशिला आर्ट्स एकेडेमी काठमाडौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौँ र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन। 

सुशिला आर्ट्स एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन। 

त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशिला आर्टस एकेडेमी र डिएभी विद्यालयले संयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफू निकै हर्षित भएको बताइन। उनले सम्पूर्ण विद्यार्थीहरूलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशील रहन प्रेरित समेत गरिन। उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन्। 

कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनीषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशिला कोइरालाको स्मरण गर्दै भावुक बनिन। उनले स–साना बालबालिकाहरूको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन। साथै सुशिला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना  दिईन। 

उक्त कार्यव्रmममा डिएभी विद्यालयका अध्यक्ष, अनिल भेडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रीय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थित रहेको थियो। सोही अवसरमा  विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। 

निम्न माध्यमिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन योगदान पु र्‍याउने सबैलाई धन्यवाद दिदैँ कार्यक्रमऔपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए। 

प्रकाशित: ७ श्रावण २०८० १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App