कला

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ। कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन्।सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गरेकी छिन। यो उनको  पहिलो नाटक हो।अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन।

‘नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु । यो मेरो पहिलो अनुभव हो’, अभिनेत्री मास्केले भनिन।

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन।

त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ। सोमनाथ खनालले निर्देशन गरेको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा रहेका छन ।  

‘चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ । आजरभोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु’, अभिनेता सापकोटाले भने । यसमा रेणु योगी, र गोविन्द सुनार लगायतले अभिनय गरेका छन्। 

प्रकाशित: ६ श्रावण २०८० १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App