कला

साहित्यकार आचार्यको निधन

साहित्यकार पेशल आचार्यको ब्रेन ट्युमरको कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा ५६ वर्षको उमेरमा निधन भएको हो।

उनी आफ्नो टाउकोको समस्या सामान्य मानेर एक्लै अन्नपूर्ण न्यूरो अस्पताल पुगेका थिए। डाक्टरहरूले टाउकोमा ट्युमर देखेपछि शल्यक्रिया गर्नुपर्ने बताए र उनको त्यहीं अस्पतालमा चौथो पटकसम्म शल्यक्रिया भएको थियो। त्यसपछि अन्नपूर्ण न्यूरो अस्पतालले ललितपुरको नेपाल मेडिसिटी अस्पताल लाने सल्लाह दिएका थिए।

साउन १ गते उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उनको निधन भएको हो। साहित्य र समालोचनामा बराबरी कलम चलाउँदै आएका आचार्यका ब्याक बेञ्चर, पावर, मनि र सेक्स, किस्ताको कम्प्यूटर जस्ता दर्जनौं कृति प्रकाशित छन्।

रामेछापको मन्थली माविमा सहायक प्रधानाध्यापकको रूपमा कार्यरत आचार्य साथीभाइ, आफन्त र विद्यार्थीहरू माझ निकै लोकप्रिय थिए।

प्रकाशित: ३ श्रावण २०८० ०६:०४ बुधबार

अक्षर