कला

जिन्दगीको पाठ

बालकविता

आमा पनि गुरु, मेरा बाबा पनि गुरु

गुरुसितै विद्यालय गएँ खुरुखुरु!

कति धेरै साथी-सँगी, कति धेरै गुरु?

जिन्दगीको पाठ पढ्न गरें मैले शुरु!

 

सानैबाट मेहनती, सानैबाट ज्ञानी

बन्न सके झलमल्ल बन्छ जिन्दगानी!

कैले सुख होला साथी, कैले दुःख होला

समुद्रमै पुग्छ अरे! बगिरहे खोला!

 

धेरै कुरा सिकाउँछन् किताबका पाना

पानाबाहिर सिक्ने कुरा हुन्छन् ठुला-साना!

पढ्न सके गुन्न सके जिन्दगीको पाठ,

संसार यो रमाइलो बन्छ आजैबाट!!

प्रकाशित: ३० असार २०८० ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App