कला

राना थारू समुदायका महिलाले भदौ २ मा तीज पर्व मनाउने

कैलाली-कञ्चनपुरका मूल निवासी राना थारू समुदायका महिलाले श्रावण शुक्ल पक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन्।

श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए।

‘राना थारु समुदायको तिथि, मिति अनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिनापछि मनाउने निर्णय गरिएको छ’, उनले भने, ‘राना थारू समुदायका अगुवा भलमन्सा, पध्ना लगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ।’

कैलाली-कञ्चनपुरका मूल निवासी राना थारू समुदायका महिलाले श्रावण शुक्ल पक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन्।

तीज पर्व राना थारू समुदायका महिलाको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ। दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीय बढाउने महत्त्वपूर्ण पर्वका रूपमा यसलाई लिइने गरिन्छ।

परम्पराकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजा-अर्चना गरेपछि समाजबाट दुःख-पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वदन्ती छ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको दीर्घायुको कामना गर्दै पानी समेत नखाई व्रत बस्ने गर्दछन्। दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन छ।

परम्पराकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजा-अर्चना गरेपछि समाजबाट दुःख-पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वदन्ती छ।

तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैंचा र सामूहिक रूपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन छ।

उनका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका मांगलिक गीत गाउने गर्दछन्।

महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन्। डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउँछन्। महिलालाई उत्साह थप्न पुरुषले ठूलो स्वरमा गीत गाउँछन्। यसबाट दिदीबहिनी र दाजुभाइ भतिजा बिच आत्मीय बढ्ने भएकाले यसलाई बढी महत्त्व दिइने गरिएको छ।

दिदीबहिनीले पानी समेत नपिएर निराहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन। निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन्।

महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन्। डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउँछन्। महिलालाई उत्साह थप्न पुरुषले ठूलो स्वरमा गीत गाउँछन्।

गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बिच भागमा पुगेर बत्तीसँगै विसर्जन गर्ने चलन रहेको राना थारू संस्कृतिका जानकार नवलसिंह रानाले बताए।

विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धनसम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन्।

विर्सजन गर्न जाने बेला गाँउका युवाले दिदीबहिनीलाई बाटामा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन्। जसलाई राना थारू भाषामा झुडकी छिराउने भन्ने गरिन्छ।

विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धनसम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन्।

तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रूपमा लिने गर्दछन्।

प्रकाशित: ३० असार २०८० ०५:१२ शनिबार

अक्षर