कला

न्याय बुझ्न सघाउने कृति

पुस्तक

न्यायको अवधारणा, पारिभाषिकता र प्रयोजन के कसरी विकास भयो र अहिले यसका प्रयोजनपरक आयाम वा पक्ष के कस्ता छन्? मूलतः यिनै प्रश्नको उत्तर खोज्ने जमर्को गर्दै अधिवक्ता रवीन्द्र भट्टराईको पछिल्लो पुस्तक आएको छ ‘न्याय: अवधारणा एक परिप्रेक्ष्य अनेक’। न्यायको अवधारणासम्बन्धी अनेक सामग्रीको विश्लेषणपरक सङ्ग्रह नै ‘न्याय:  अवधारणा एक परिप्रेक्ष्य अनेक’ शीर्षकको पुस्तक हो।

अन्वेषण र फौजदारी कानुनलाई रुचिको विषय मानेर लेखन कार्यलाई निरन्तरता दिइरहेका भट्टराईले यसअघि मानव अधिकार, बालन्याय तथा अपराध शास्त्रका खँदिला पुस्तक दिएर नेपाली बौद्धिक वाङ्मय श्रीवृद्धिमा योगदान पुर्‍याएका छन्।

मानव अधिकार रक्षा, कानुन व्यवसाय र खेताला शैलीको शिक्षणबाट निकै वर्ष जिउपालो गर्दै आएका लेखक अहिले फौजदारी कानुन, अपराध शास्त्र, बालन्यायजस्ता विषयको अध्ययन/अध्यापन कार्य र कानुन व्यवसायीका रूपमा क्रियाशील छन्।

यस पुस्तकमा विश्वव्यापी अवधारणाका रूपमा, पाश्चात्य दृष्टिकोणका रूपमा र पौरस्त्य खास गरी दक्षिण एसियाली क्षेत्रको एक प्राचीन दर्शनका रूपमा रहेको न्यायका विविध पक्षहरूको जाँच, लेखाजोखा तथा समीक्षा गर्ने जमर्को गरिएको छ।

अन्वेषण र फौजदारी कानुनलाई रुचिको विषय मानेर लेखन कार्यलाई निरन्तरता दिइरहेका भट्टराईले यसअघि मानव अधिकार, बालन्याय तथा अपराध शास्त्रका खँदिला पुस्तक दिएर नेपाली बौद्धिक वाङ्मय श्रीवृद्धिमा योगदान पुर्‍याएका छन्।

पुस्तक मूलतः दुई भागमा विभाजित छ। पहिलो भागमा न्यायको अवधारणा र प्रयोजनका विविध फाँटको प्रस्तुति र विवेचना गरिएको छ। न्यायका कानुन, अधिकार, प्रशासन, सामाजिक र सार्वजनिक मानव जीवनसँगका सरोकारसम्बन्धी अवधारणाहरूलाई पहिलो भागको वर्णनको विषय बनाइएको छ।

पौरस्त्य सभ्यतामा युगौं अघिदेखि प्रचलित न्यायलाई आध्यात्मिक विधा र लौकिक ज्ञान वा विधा विशेषका रूपमा कसरी हेरिएको थियो? तिनका प्रतिपाद्य विषय के थिए? अनि प्रतिपादनकै रूपमा विद्यमान छन् र प्रत्यक्ष वादी वैज्ञानिक दृष्टिबिन्दुबाट के कस्ता देखिन्छन्? यिनै प्रश्नलाई केन्द्रमा राखेर न्याय दर्शन (न्याय सूत्र र भाष्य) मा रहेका विषयवस्तु उधिनेर विश्लेषण गर्दै उत्तर खोज्ने प्रयास गरिएको छ भट्टराईको न्यायबारेको यो पुस्तकमा।

लेखकले यो पुस्तकमार्फत पौरस्त्य न्याय प्रणालीलाई मौलिक प्रणालीका रूपमा स्थापित गर्न सघाउने गरीको शोधमूलक प्रयास गरेका छन्। यस्तै कृतिहरूले हाम्रो न्याय व्यवस्थामा रहेका अपाच्य पश्चिमी आख्यान (वेस्टर्न न्यारेटिभ्स) मा भर पर्नबाट रोक्न सक्छ।

पुस्तक मूलतः दुई भागमा विभाजित छ। पहिलो भागमा न्यायको अवधारणा र प्रयोजनका विविध फाँटको प्रस्तुति र विवेचना गरिएको छ। न्यायका कानुन, अधिकार, प्रशासन, सामाजिक र सार्वजनिक मानव जीवनसँगका सरोकारसम्बन्धी अवधारणाहरूलाई पहिलो भागको वर्णनको विषय बनाइएको छ।

त्यति मात्र होइन यस्ता प्रयासले विदेशीले लेखेका पुस्तकहरूको भावानुवाद (अझ धेरै जसो त शब्दानुवाद) गरेर नेपालको कानुनी साहित्यका क्षेत्रमा रैंदालो गरी अनेक खालका प्रभाव र दबाब सिर्जना गर्न उद्यत् हुनेहरूलाई रोक्न सक्छ। किनभने अनुवाद कार्यमा संलग्न हुने धेरैले अवधारणागत रूपमा त्यसले गर्न खोजेको गुढ कुरातर्फ मनन गर्नु जरुरी ठानेको देखिँदैन।

उपनिवेशवादीहरूले आफ्नो उपनिवेशको अदपमा राख्न ‘इन्डियन पेनल कोड’ तर्जुमा गरी साबिकको भारतीय न्याय प्रणालीलाई बर्खास्त गरेको घटना हामीले पढे सुनेकै छौं। त्यही एउटा प्रपञ्चले दक्षिण एसियामा विकसित २५०० वर्ष पुरानो न्याय प्रणाली एक झट्कामा मासेको थियो।

यो कृतिले पौरस्त्य कानुन तथा न्याय प्रणालीभित्रका मौलिक गुणहरू उजागर गरेको छ। पौरस्त्य न्यायका विकसित सिद्धान्तहरूको पुनः उदय गराएको छ।

न्यायका प्रश्नसँग मानिसका स्वतन्त्रता, अवसर, स्रोतसाधन र अन्य यस्तै दाबीहरूले कसरी अन्तरक्रिया गर्छन् एवम् तिनीहरूबीचको सम्बन्ध के छ भन्ने व्याख्या कृतिमा गरिएको छ। संस्कृत वाङ्मयमा उपलब्ध ‘न्याय’ को चेतनालाई यो पुस्तकले खुलस्त मात्र गरेको छैन, न्यायको आयातित चेतनामाथि प्रश्न पनि खडा गरेको छ।

यो कृतिले पौरस्त्य कानुन तथा न्याय प्रणालीभित्रका मौलिक गुणहरू उजागर गरेको छ। पौरस्त्य न्यायका विकसित सिद्धान्तहरूको पुनः उदय गराएको छ।

पुस्तकमा लेखकले वास्तविक ज्ञानको १६ वटा आधारभूत स्रोतका बारेमा पनि उल्लेख गरेका छन्। प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वाभास, छल, निग्रहस्थान र जातिलाई सच्चा ज्ञानका आधारभूत स्रोत भएको बताएका छन् (पृष्ठ ८०)।

यसै क्रममा लेखकले अर्थद्वारा प्रमाणको परीक्षण गर्नुलाई न्याय भनेका छन्। प्रत्यक्ष र आगमको आश्रित अनुमान न्याय हो। त्यसैलाई अन्वीक्षा पनि भनिन्छ। अन्वीक्षा भनेको चाहिँ प्रत्यक्ष र आगम (शब्द र दृष्टान्त) देखिएकोलाई फेरि अनुमानद्वारा सिद्ध गर्नु हो भनेर बताएका छन्। अन्वीक्षाबाट जे प्रेरित वा प्रवृत्त हुन्छ त्यही नै आन्वीक्षिकी न्याय विद्या हो। जुन अनुमान प्रत्यक्ष र आगमविरुद्ध हुन्छ वा गरिन्छ त्यो न्याय नभएर न्यायाभास मात्र हो (पृष्ठ ८१)।

समग्रमा न्यायलाई कानुनको स्वच्छ प्रयोगद्वारा अपराध र अपराधीहरूलाई दण्डित गर्ने प्रक्रिया वा परिणामका रूपमा बुझिन्छ। यस अर्थमा शङ्कित, आरोपित वा दोषस्थापित अपराध, दुष्कृति, बिजाइँकर्तालाई अदालतसमक्ष प्रस्तुत गर्ने कार्यपद्धतिलाई पनि प्रणालीगत अर्थमा पनि अधिकरणका नामबाट पौरस्त्य न्यायको स्पष्ट अवधारणा रहेको तथ्य पनि यो कृतिले उद्घाटित गरेको छ।

कृतिको दोस्रो भागमा न्याय सूत्र र न्यायभाष्यका संस्कृत भाषामा रहेका सूत्र र पाठहरूलाई नेपालीकरण गरी प्रस्तुत गरिएको छ। न्याय सूत्र सूत्रात्मक रहेकाले त्यसलाई यथासम्भव उल्था गरी नेपालीमा प्रस्तुत गरिएको छ भने भाष्यमा रहेको पाठ विस्तृत रहेको हुँदा सबै उल्था नगरी त्यसको मुख्य अन्तरवस्तु र सन्देश खुट्याउँदै भावानुवाद गरेर नेपालीमा उपलब्ध गराइएको छ। यस भागका लागि भने लेखकले उल्था र भावानुवादको काममा विष्णुगोपाल घिमिरेसँगको सहयोग लिएका छन्।

समग्रमा न्यायलाई कानुनको स्वच्छ प्रयोगद्वारा अपराध र अपराधीहरूलाई दण्डित गर्ने प्रक्रिया वा परिणामका रूपमा बुझिन्छ। यस अर्थमा शङ्कित, आरोपित वा दोषस्थापित अपराध, दुष्कृति, बिजाइँकर्तालाई अदालतसमक्ष प्रस्तुत गर्ने कार्यपद्धतिलाई पनि प्रणालीगत अर्थमा पनि अधिकरणका नामबाट पौरस्त्य न्यायको स्पष्ट अवधारणा रहेको तथ्य पनि यो कृतिले उद्घाटित गरेको छ।

पुस्तकमा न्यायलाई बुझाउन पौरस्त्य परम्परामा न्यायको अवधारणा कहाँ कहाँ पाइन्छ भनेर थुप्रै संस्कृत स्रोत उल्लेख गरिएको छ। न्याय भनेको के हो भनेर सूक्ष्म र गहिरो खोजीको नतिजाका रूपमा आएको यो कृति गहिराइमा गएर न्यायको अवधारणा बुझ्न र खोज्न चाहने कानुनका अभ्यासकर्ता र न्यायकर्ताका लागि उपयोगी देखिन्छ।

यसो हुँदाहुँदै पनि संस्कृत स्रोतलाई नेपालीमा अर्थ्याउने क्रममा प्रयुक्त शब्दहरू सामान्य पाठकका लागि क्लिष्ट लाग्ने खालका छन्। अवधारणा अर्थ्याउँदा प्रयोग भएका क्लिष्ट शब्द ‘प्राविधिक’ (बुझ्न कठिन) बनेर उभिएका छन्। स्पष्टसँग बुझाउन परिशिष्टका रूपमा रहेको दोस्रो खण्ड त्यही कारणले निकै बोझिलो बन्न पुगेको छ। कृतिको यो भने कमजोर पाटो देखिन्छ।

अभियोजनकर्ता, न्यायाधीश, कानुन व्यवसायी, न्याय र कानुन विधाका शिक्षक अनि विद्यार्थीका हातमा पुगेपछि पुस्तकको वास्तविक मूल्याङ्कन हुनेछ। लेखकले न्यायको पौरस्त्य, पाश्चात्य तथा वैश्विक अवधारणाका सारभूत प्रतिमानहरूको परिशीलन गरी नेपाली भाषामा एउटा पठनीय सामग्री उपलब्ध गराएका छन्।

पुस्तकको पहिलो भागमै विधिशास्त्र र समाजका वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गरी न्यायको अवधारणाका बारेमा पश्चिमी, वैश्विक र पूर्वीय मान्यता, प्रतिमान र दृष्टिकोणहरूको प्रस्तुति, सूक्ष्म विश्लेषण गर्न सक्षम हुनु पुस्तकको सबल पक्ष हो। यस अतिरिक्त त्यसरी गरिएको विश्लेषणका प्राप्ति (फाइन्डिङ्स) हरू पनि प्रस्तुत गरिएको छ।

अभियोजनकर्ता, न्यायाधीश, कानुन व्यवसायी, न्याय र कानुन विधाका शिक्षक अनि विद्यार्थीका हातमा पुगेपछि पुस्तकको वास्तविक मूल्याङ्कन हुनेछ। लेखकले न्यायको पौरस्त्य, पाश्चात्य तथा वैश्विक अवधारणाका सारभूत प्रतिमानहरूको परिशीलन गरी नेपाली भाषामा एउटा पठनीय सामग्री उपलब्ध गराएका छन्।

पुस्तकको शुद्धाशुद्धि र भाषागत पक्ष सबल छ। भाषागत अवरोधका कारण पौरस्त्य परम्परामा अन्तर्निहित जानकारी त्यति धेरै उजागर हुन नसकिरहेका बेला सान्दर्भिक उदाहरणसहित पुस्तकका रूपमा प्रस्तुत गर्ने कार्य भने सह्राहनीय नै मान्नुपर्दछ। 

प्रकाशित: ३० असार २०८० ०३:३० शनिबार

अक्षर