कला

मिस नेपालको उपाधि निकितालाई

काठमाडौं- मोडल निकिता चन्दकले यस वर्षको ‘मिस नेपाल-२०१७’ को उपाधि जितेकी छन्  शुक्रबार राति दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मोरङ उर्लाबारीकी २० वर्षीया निकिताले नयाँ मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।  

उनलाई पूर्व मिस नेपाल अस्मी श्रेष्ठले आफ्नो शिरको ताज फुकालेर पहिर्‍याइदिएकी थिइन्। उनले मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि जितेकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनल सहारा बस्नेत घोषित भए।

मिस नेपाल इन्टरनेसनल नीति शाहले भने मिस फ्यासिनो र मिस कम्प्लेक्सनको उपाधि प्राप्त गरिन्। त्यस्तै मिस नेपाल अर्थ रोजिनाले मिस फ्रेन्डसिप र मिस एसिया प्यासिफिक इन्टरनेसनल सहाराले मिस इन्टेलेक्चुअल उपाधि जितिन्।  

प्रतियोगितामा १९ प्रतियोगीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा मिस टयालेन्ट टाइटल नर्मता गुरुङ, मिस बेस्ट हेयर वर्षा पोखरेल, मिस फोटोजेनिक अनुषा लम्साल, मिस एथलेट मञ्जरी सिंह र मिस ब्युटी विथ पर्पोस दृष्टि कटवालले जिते। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको थियो। यो मिस नेपालको २२ औं संस्करण हो।

भिडियो हेर्नुस्:

प्रकाशित: २० जेष्ठ २०७४ ०३:१२ शनिबार

मिस नेपालको उपाधि निकितालाई