कला

प्रियंकालाई दादासाहेब

मुम्बई- बलिउड अभिनेत्री प्रियंका चोपडालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकोमा 'दादासाहेब फाल्के अकादमी पुरस्कार'बाट पुरस्कृत गरिने भएको छ। हलिउड फिल्म 'बेवाच' की अभिनेत्रीलाई यहाँ आयोजना गरिने एक विशेष समारोहमा 'अन्तरर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त अभिनेत्री' विधामा यो पुरस्कारबाट पुरस्कृत गरिन लागिएको हेा।

'प्रियंकाले कडा मेहनत र इमान्दार प्रयासले अन्तर्राष्ट्रिय मञ्चमा आफुलाई उभ्याउन सफ लबनेकी छन्। यही कारणले उनलाई हामीले पुरस्कार दिन लागेका हौं,' दादासाहेब फाल्के अकादमी एवं पुरस्कार समितिका अध्यक्ष गणेश जैनले भने,' 'उनी विश्वस्तरमा भारतको प्रतिनिधित्व गरिरहेकी छन्। हरेक भारतीय उनको काममा गर्व गर्छन्। यही कारण हामीले यो पुरस्कारमा नयाँ श्रेणी शुरु गर्नुपर्‍यो।'

यो पुरस्कार समारोहमा अनिल कपूर, कपिल शर्मा, जुही चावला र नितेश तिवारीलगायतका कलाकारको उपस्थिति हुनेछ।

पुरस्कारको छनौंट समितिमा जोनी लिवर, पहलाज निहलानी, मिथुन चक्रवर्ती र टिपी अग्रवाल छन्। पुरस्कार मुम्बईमा जुन १ मा प्रदान गरिनेछ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:१३ मंगलबार

प्रियंकालाई दादासाहेब